वर्षाबाट उद्धार गरिएकी वृद्ध महिलाको पत्र « Khabarhub

वर्षाबाट उद्धार गरिएकी वृद्ध महिलाको पत्र


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रातको साढे एघार बजिसकेको थियो । वर्षा र आँधी छल्न एक वृद्ध अफ्रिकन महिला अलवामा हाइवेको छेउमा उभिइरहेकी थिइन् । त्यहाँ उनको कार बिग्रिएको थियो । उनी घर जानका लागि अर्को कुनै सवारी पर्खिरहेकी थिइन् । वर्षाको पानीले उनलाई निथ्रुक्क भिजाइसकेको थियो । निकै बेरसम्म पनि कुनै सार्वजनिक यातायात नपाएपछि उनले आउँदै गरेको एउटा गाडीलाई सहायताका लागि झन्डा हल्लाइन् ।

एउटा अमेरिकन गोरो युवकले गाडी रोक्यो र उनलाई सुरक्षित रुपमा ट्याक्सी पाइने स्थानसम्म पुर्‍याइदियो । ट्याक्सीमा चढ्नसमेत मद्दत गरिदियो । वृद्धले ती गोरालाई हार्दिकतापूर्वक धन्यवाद दिइन् र उनको ठेगाना मागेर आफ्नो बाटो लागिन् ।

सात दिनपछि त्यो युवकको ढोकामा कसैले ढकढक गर्‍यो । आश्चर्य, कसैले उनका लागि सुन्दर रङ्गीन टेलिभिजन उपहारस्वरुप पठाएको थियो । त्यसमा एउटा विशेष नोट पनि लेखिएको थियो— मलाई हाइवेबाट उद्धार गरेकोमा तिमीलाई धेरै धेरै धन्यवाद । त्यो वर्षाले मेरो लुगामात्र भिजाएको थिएन, मेरो आत्मालाई समेत भिजाइरहेको थियो । तिम्रो साथ पाएर मैले आफ्नो मर्दै गरेको पतिका लागि ओछ्यान बनाइदिन भ्याएँ । तिमीलाई भगवानले अरुको मद्दत गर्ने शक्ति सधैँ दिऊन् ।’

साभार : ‘महान् व्यक्तिका प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ५ : ४५ बजे

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा –  सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको