मन्त्रीको हैसियतमा दुबै जना गृह जिल्ला पुग्दा… « Khabarhub

मन्त्रीको हैसियतमा दुबै जना गृह जिल्ला पुग्दा…


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका दुई मन्त्री शनिबार पहिलो पटक मन्त्रीको हैसियतमा गृह जिल्ला बागलुङ पुगेका छन् ।

सत्तारुढ दल नेकपा एमाले भित्रको किचलोका कारण गठबन्धन सरकारबाट मन्त्री बन्ने अवसर पाएका दुबै जना गृह जिल्ला बाग्लुङ पुगेर बधाई थापेका छन् ।

नेपाली कांग्रेसबाट निर्वाचित सांसद मणिभद्र शर्मा पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री छन् भने नेकपा माओवादी केन्द्रका चन्द्रबहादुर बुढा भूमी ब्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री छन् ।

कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको गठबन्धन सरकार बनेपछि कांग्रेसका शर्मा र माओवादीका बुढामगर दुवै जनालाई मन्त्री बन्ने सौभाग्य मिलेको हो ।

दुबै जना मन्त्री भएपछि गृह जिल्ला पुग्दा सत्तारुढ गठबन्धन दलहरुले संयुक्त रुपमा बधाइ तथा स्वागत कार्यक्रम राखेका थिए । गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् ।

जिल्लाको पर्यटन प्रवर्द्धनमा जोड

गठबन्धन दलहरुद्वारा आयोजित कार्यक्रममा स्वागत थाप्दै दुबै मन्त्रीले जिल्लाको पर्यटन प्रवर्द्धनमा जोड दिए ।

पर्यटनमन्त्री रहेका शर्माले एग्रो टुरिजम र फरेस्ट टुरिजमको प्रशस्त सम्भावना रहेको औँल्याउँदै जिल्लाको पर्यटन विकासका लागि काम गर्ने प्रतिवद्धता जनाए ।

यस्तै, कृषि मन्त्री बुढाले पनि बागलुङ जिल्लामा कृषि र वनसँगै जोडेर पर्यटनको सम्भावना रहेको उल्लेख गरे । पछिल्लो समय युवाहरुको आकर्षण बढिरहेको कृषि क्षेत्रका लागि उनले अनुदानको उचित सदुपयोग गर्न पहल गर्ने बताए ।

खोप प्रदेशको प्रमुख प्राथमिकतामा

मन्त्री भएपछि एक साथ पहिलो पटक गृह जिल्लामा पुगेका उनीहरुले कोरोनाविरुद्धको खोप कार्यक्रम नै प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए ।

गण्डकी प्रदेशका नागरिकलाई खोप लगाउने सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै पर्यटनमन्त्री शर्माले खोप लगाएपछि मात्रै सबैजना सुरक्षित हुने बताए । सबै नागरिकले खोप लगाएपछि कृषि तथा पर्यटन क्षेत्रमा योगदान हुने उनको भनाइ थियो ।

मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकार गठनपछि आएको नीति तथा कार्यक्रममा पनि स्वास्थ्यलाई केन्द्रित गरिएको मन्त्री शर्माको भनाइ छ ।

यस्तै, कृषि मन्त्री बुढाले पनि कोरोनाविरुद्धको खोप ब्यवस्थापनमा सरकारको जोड रहेको बताए । कोरोनाका कारण अर्थतन्त्र नै थिलोथिलो भएको उल्लेख गर्दै उनले जनताको स्वास्थ्यलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताए । कृषि र पर्यटनबाट नै गण्डकी प्रदेशको विकास सम्भव भएको मन्त्री बुढाको भनाइ थियो ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ७ : १० बजे

खुश्बुलाई गृहमन्त्रीको आश्वासन : प्रक्रियामा जानुहोस्, कारबाही अघि बढ्छ 

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा सांसद खुश्बु ओलीले आफूलाई ज्यान मार्ने धम्की

रविलाई आङ्देम्बेको प्रश्न- दिल्लीमा पुग्दा किन सीमा र कालापानीको उच्चारण नगरेको ? 

काठमाडौं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रवि लामिछाने

प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति

काठमाडौं- परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ

‘प्रधानमन्त्री गैर जिम्मेवार बन्नुभयो भन्दैमा प्रतिपक्ष गैर जिम्मेवार बन्दैन’ 

काठमाडौंं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री गैर

कांग्रेसले भन्यो- र्‍याप गाएकै शैलीमा सदनमा उपस्थित हुँदा प्रधानमन्त्रीको गरिमा ध्वस्त भयो

काठमाडौ– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे संसद्मा प्रधानमन्त्री बालेन