कोरोना सङ्क्रमणबाट दुईको मृत्यु « Khabarhub

कोरोना सङ्क्रमणबाट दुईको मृत्यु


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा– कोरोना सङ्क्रमणबाट ओखलढुंगामा दुई पुरुषको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका वडा नं १२ का ६९ वर्षीय र वडा नं ११ का ७० वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

वडा नं ११ का पुरुषको गएराति उपचारका क्रममा ओखलढुङ्गा सामुदायिक अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले जानकारी दिए । कोरोना सङ्क्रमण देखिएपछि यही साउन ९ गते उनलाई अस्पताल भर्ना गरिएको थियो ।

यस्तै वडा नं १२ का एक पुरुषको आज बिहान मृत्यु भएको छ । उनी यही साउन १४ गते कोरोना सङ्क्रमित भएर अस्पतालमा भर्ना भएका थिए । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यहाँ कोरोना सङ्क्रमण भएर मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  १ : २९ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा