साउन २० देखि प्रेस पास र अनलाइन सञ्चारमाध्यमको काम पूर्ण रूपमा अनलाइनबाट « Khabarhub

साउन २० देखि प्रेस पास र अनलाइन सञ्चारमाध्यमको काम पूर्ण रूपमा अनलाइनबाट


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रेस पास र अनलाइन सञ्चार माध्यमको दर्ता तथा नवीकरण अब अनलाइनबाट मात्र हुने भएको छ ।

सूचना तथा सञ्चार विभागले आज एक सूचना जारी गर्दै प्रेस प्रतिनिधि प्रमाणपत्र जारी/नवीकरण र अनलाइन सञ्चारमाध्यम दर्ता/नवीकरण पूर्ण अनलाइनमार्फत हुने जानकारी दिएको हो ।

‘प्रेस प्रतिनिधि प्रमाणपत्र जारी/नवीकरण, अनलाइन सञ्चारमाध्यम दर्ता/नवीकरणसँग सम्बन्धित सेवा अनलाइन तथा भौतिक उपस्थिति दुवै तरिकाबाट भइरहेकोमा आगामी मिति २०७८ साउन २० गते बुधवारदेखि विभागबाट प्रवाह हुने सेवाहरूमध्ये प्रेस प्रतिनिधि प्रमाणपत्र जारी/नवीकरण र अनलाइन सञ्चारमाध्यम दर्ता/नवीकरणको कार्य विभागको वेभसाईटमा रहेको अनलाइन सेवामार्फत पूर्ण अनलाइनमा आधारित भई तपसिलको विधिबाट मात्र सेवा प्रवाह गरिने हुँदा सम्बन्धित सबैको जानकारी लागि यो सूचना प्रकाशन गरिएको छ’, विभागका शाखा अधिकृत वसन्त बहादुर खत्रीद्वारा जारी सूचनामा भनिएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  १० : ५३ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम