साउन २० देखि प्रेस पास र अनलाइन सञ्चारमाध्यमको काम पूर्ण रूपमा अनलाइनबाट « Khabarhub

साउन २० देखि प्रेस पास र अनलाइन सञ्चारमाध्यमको काम पूर्ण रूपमा अनलाइनबाट


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रेस पास र अनलाइन सञ्चार माध्यमको दर्ता तथा नवीकरण अब अनलाइनबाट मात्र हुने भएको छ ।

सूचना तथा सञ्चार विभागले आज एक सूचना जारी गर्दै प्रेस प्रतिनिधि प्रमाणपत्र जारी/नवीकरण र अनलाइन सञ्चारमाध्यम दर्ता/नवीकरण पूर्ण अनलाइनमार्फत हुने जानकारी दिएको हो ।

‘प्रेस प्रतिनिधि प्रमाणपत्र जारी/नवीकरण, अनलाइन सञ्चारमाध्यम दर्ता/नवीकरणसँग सम्बन्धित सेवा अनलाइन तथा भौतिक उपस्थिति दुवै तरिकाबाट भइरहेकोमा आगामी मिति २०७८ साउन २० गते बुधवारदेखि विभागबाट प्रवाह हुने सेवाहरूमध्ये प्रेस प्रतिनिधि प्रमाणपत्र जारी/नवीकरण र अनलाइन सञ्चारमाध्यम दर्ता/नवीकरणको कार्य विभागको वेभसाईटमा रहेको अनलाइन सेवामार्फत पूर्ण अनलाइनमा आधारित भई तपसिलको विधिबाट मात्र सेवा प्रवाह गरिने हुँदा सम्बन्धित सबैको जानकारी लागि यो सूचना प्रकाशन गरिएको छ’, विभागका शाखा अधिकृत वसन्त बहादुर खत्रीद्वारा जारी सूचनामा भनिएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  १० : ५३ बजे

नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना

बाँके– बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म पानी पुर्‍याउन शाखा

आईसीसीमाथि प्रश्न- वरीयताको अन्तिम निर्णय कसरी स्वीकार्य हुन्छ ?

काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका चार

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका