कोरोनाका मारमा परे पुस्तकालय « Khabarhub

कोरोनाका मारमा परे पुस्तकालय


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– यसै त पाठक पाउन छाडेका पुस्तकालय कोरोना महामारीका कारण थप सङ्कट झेल्न बाध्य छन् ।

मङ्गलबार परेको १४औँ राष्ट्रिय पुस्तकालय दिवससमेत नमनाई बित्यो । ज्ञानको भण्डार पुस्तकालयका ढोकामा महिनौँदेखि ताल्चा झुण्डिएका छन् । पाठकको आउजाउ छैन । सङ्क्रमणको जोखिम हुन नदिन पुस्तकालय खोल्न स्थानीय प्रशासनले रोक लगाएको छ ।

पुस्तकालय मात्र होइन, सबैखाले शैक्षिक संस्था सञ्चालनमा बन्देज छ । विसं २००३ मा खुलेको यहाँको प्रतिष्ठित विद्यामन्दिर पुस्तकालय अहिले सुनसान छ । महामारी भित्रिएदेखि नै यसको सेवा प्रभावित बनेको हो । पहिलो लहर मत्थर भएपछि बीचमा केही समय खुले पनि दोस्रो लहर सुरु भएसँगै गत वैशाखयता पुनः बन्द गर्नुपरेको पुस्तकालयका अध्यक्ष रामप्रसाद शर्माले बताए ।

“निषेधाज्ञाका कारण पुस्तकालय नियमित खोल्न सकिएको छैन, स्थिति सहज हुँदासाथ सञ्चालनमा आउँछ”, उनले भने । मानिस भेला हुन नपाइने भएपछि पुस्तकालय दिवसलाई पनि औपचारिकता मात्रै दिइएको उनले बताए ।

कोरोनाअघि सप्ताहव्यापी कार्यक्रमसहित पुस्तकालय दिवस मनाउने चलन थियो । पाठक घटिरहेको र पठन संस्कृतिमा पनि ह्रास आइरहेका बेला पुस्तकालय नै बन्द गर्नुपर्ने दुःखद् अवस्था निम्तिएको उनको भनाइ छ ।

सदरमुकाममै रहेको ज्ञानोदाय भगवती पुस्तकालयले लामो सङ्कट व्यहोरेपछि गत वर्षदेखि तङ्ग्रिँदै थियो । स्थानीयवासीले दुरवस्थामा पुगेको पुरानो पुस्तकालयको साख फर्काएका थिए । भवनको जीर्णोदार र नयाँ व्यवस्थापनपछि नियमित सञ्चालनमा आउन थालेको उक्त पुस्तकालय पनि कोरोनाका मारमा परेको छ ।

पुस्तकालयका सचिव लोकेन्द्र केसीले निषेधाज्ञाका कारण बन्द गर्नुपरेको सुनाए । “पुस्तकालयले नयाँ स्वरुप लिएको छ, व्यवस्थित बनाएका छौँ, तर खोल्न पाइएको छैन”, उनले भने, “प्रशासनले अनुमति दिएपछि पुस्तकालय नियमित खुल्छ ।”

विसं २०२१ मा स्थापित उक्त पुस्तकालय संरक्षण अभावमा जीर्ण स्थितिमा पुगेको थियो । पुस्तकालय अधोगतितिर लागेपछि पुस्तकालयप्रेमी र समुदाय मिलेर पुनःनिर्माणसँगै व्यवस्थापनमा जुटेका थिए । स्थानीय तहसहित सरकारका निकायले आर्थिक सहायता दिएपछि पुस्तकालय जोगिएको छ ।

यी दुई सदरमुकामस्थित नाम चलेका सार्वजनिक पुस्तकालय हुन् । यहाँका अन्य क्षेत्रमा रहेका पुस्तकालय पनि अहिले बन्द छन् । ती कहिले खुल्छन् ठेगान छैन । कतिपय पुस्तकालय शैक्षिक संस्थामातहत छन् । शैक्षिक क्षेत्र निर्वाधरूपमा नखुलेसम्म पुस्तकालय सञ्चालनमा आउने छाँटकाँट छैन ।

यही स्थिति अझै लम्बिँदै जाँदा पाठकले पुस्तकालय नै बिर्सने हुन् कि भन्ने चिन्ता छ । पुस्तकालय बन्द हुँदा व्यवस्थापनले नयाँ पुस्तकलगायत ज्ञानवद्र्धक सामग्री थप्न पाएका छैनन् ।

रेखदेख र सरसफाइ नहुँदा पुस्तकालय भवन नै बिरुप देखिन थालेका छन् । कोरोनाको दोस्रो लहर चलेपछि गत वैशाख २१ गतेयता यहाँ निषेधाज्ञा छ । पछिल्लो समय निषेधाज्ञा खुकुलो पारिए पनि कतिपय क्षेत्रमा भने प्रतिबन्ध कायमै छ । सङ्क्रमणदर घट्दै गएकाले क्रमशः सबै क्षेत्र चलायमान हुनेमा आशा जागेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  १० : ३० बजे

अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न आवश्यक : कानुनमन्त्री

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय अनुसन्धान

एलपी ग्यास सिलिन्डर म्यापिङ गर्न सरकारलाई निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए

विराटनगर– मोरङको विराटनगर नाका भई आर्थिक वर्ष २०८२/८३ मा तेस्रो

प्रतिनिधिसभा आकस्मिक समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी

भरतपुर अस्पतालमा बिरामीको भीड, उपचार पाउनै सास्ती ! (तस्बिरहरू)

चितवन– चितवनका निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा सेवा बन्द