९९ किसानलाई बैंकको १२ करोड सहुलियत कर्जामा ऋण « Khabarhub

९९ किसानलाई बैंकको १२ करोड सहुलियत कर्जामा ऋण


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– यहाँका पशुपालन क्षेत्रका ९९ किसानलाई विभिन्न बैंकद्वारा रु १२ करोड ११ लाख ७४ हजार ऋण प्रदान गरिएको छ । गत आर्थिक वर्ष जिल्लामा विभिन्न आठ सरकारी, निजी बैंक तथा वित्तीय संस्थाले किसानलाई उक्त रकम प्रदान गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले जनाएको छ ।

सरकारले व्यावसायिक कृषि प्रवद्र्धनका लागि विशेष सहुलियत व्यवस्था गरेसँगै सरकारी स्वामित्वमा रहेका वित्तीय संस्थाले व्यावसायिक आधार मूल्याङ्कन गर्दै विशेष ऋण प्रवाह गरेको हो । कार्यालय प्रमुख डा रुपेश श्रेष्ठका अनुसार यसरी ऋण प्रदान गर्नेमध्ये सबैभन्दा धेरै कृषि विकास बैंकले दिएको छ । यस बैंकले ४० पशुपालक किसानलाई रु तीन करोड ३३ लाख ऋण दिएको छ ।

नेपाल बैंकले १० किसानका लागि रु एक करोड १२ लाख, राष्ट्रिय वाणिज्य बैंकले चार किसानका लागि ५९ लाख ऋण प्रदान गरेको छ । यहाँ सो सरकारी बैंक बाहेक जिल्लाका निजी बैंकलेसमेत सहुलियत ब्याजमा ऋण दिने गरेको पाइएको छ । निजीमध्ये सबैभन्दा धेरै सिद्धार्थ बैंकले २० जना किसानका लागि रु तीन करोड ४६ लाख ऋण दिएको छ । बैंकले किसानलाई पशुपक्षी तथा मत्स्यपालनका लागि ऋण दिएको थियो ।

त्यस्तै, ग्लोबल आइएमईले सात किसानलाई रु ६८ लाख ऋण दिएको उक्त केन्द्रका प्रमुख श्रेष्ठको भनाइ छ । उहाँका अनुसार एभरेष्ट बैंकले १० किसानलाई एक करोड १८ लाख ७४ हजार सहुलियत ऋण दिएको छ भने प्राइमले ६ किसानलाई एक करोड ५३ लाख सहुलियत ब्याजमा ऋण दिएको छ ।

त्यस्तै, सबै भन्दा कम एनएमबी बैंकले दुई किसानका लागि रु २५ लाख सहुलियत ऋण दिएको छ । पशुसेवा कार्यालय लमजुङका प्रमुख श्रेष्ठले भने, “जिल्लामा रहेकामध्ये १५ बैक तथा वित्तीय संस्थासँग ऋणप्रवाहको तथ्याङ्क माग गरे पनि जम्मा आठ बैंकले मात्रै सहुलियत ऋण सेवा प्रवाह गरेको छ ।”

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  १ : ४२ बजे

बागलुङको जैमिनी क्षेत्रका मतदाताले बाँदर नियन्त्रणको खाका ल्याउनेलाई मत दिने

बागलुङ– बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले चुनाव

विश्वकपमा आज दुई खेल : जित्नै पर्ने दबाबमा रहेका भारत र जिम्बावेको रोचक भिडन्त

काठमाडौं – आईसीसी टी-२० विश्वकपको सुपर-८ अन्तर्गत बिहीबार आयोजक भारत

स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

१० खेलाडीमा सीमित मोनाकोसँग पिएसजी बराबरीमा रोकियो

काठमाडौं – यूएईएफए च्याम्पियन्स लिग प्लेअफको दोस्रो लेगमा पेरिस सेन्ट

भोजपुरको मर्याङडाँडामा त्रि–धार्मिक संरचना निर्माण

भोजपुर– धार्मिक विविधताबीच एकता, सहअस्तित्व र आपसी सद्भाव कायम गर्ने