कल्याण गुरुङले गरे सभापतिको उम्मेदवार बन्ने घोषणा « Khabarhub

कल्याण गुरुङले गरे सभापतिको उम्मेदवार बन्ने घोषणा


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीको आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरेर गुरुङले सभापतिको उम्मेदवार बन्ने औपचारिक घोषणा गरेका हुन् ।

आगामी मंसिर ९ देखि १३ सम्म काठमाडौँमा हुने कांग्रेसको महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरे उनी दोस्रो नेता हुन् ।

यसअघि उपसभापति विमलेन्द्र निधिले पनि सम्पर्क कार्यालय स्थापना गर्दै सभापतिको उम्मेदवार बन्ने औपचारिक घोषणा गरेका थिए ।

सभापतिको उम्मेदवारी घोषणा गर्दै गुरुङले आफू युवाहरुको नेतृत्व गर्दै सभापतिको उम्मेदवार बन्ने बताए । उनले पार्टीमा युवाहरुलाई अगाडि ल्याउनुपर्छ भन्ने मान्यताका साथ आफू उम्मेदवार भएको बताए ।

उनले २०४८ मा जुन नेता नेतृत्वमा थिए, अहिले २०७८ मा पनि उनीहरु नै नेतृत्वमा देखिएको भन्दै अब नयाँ नेतृत्व आउनुपर्छ भनेर आवाज उठेपछि आफू उम्मेदवार बन्न लागेको बताए । उनले युवा पुस्ता नेतृत्वमा आउनुपर्ने बताए ।

गुरुङको उम्मेदवारी घोषणासँगै आसन्न महाधिवेशनमा नेविसंघका तीन पूर्व अध्यक्षहरु पार्टी सभापतिको प्रतिस्पर्धामा उत्रिने लगभग पक्का भएको छ ।

सभापति शेरबहादुर देउवा नेविसंघा अध्यक्ष हुँदै पार्टी राजनीतिमा क्रियाशील भएका थिए । देउवाले सभापति उम्मेदवार बन्ने औपचारिक घोषणा नगरे पनि उनले आफू निकट नेताहरुसँग सभापतिको उम्मेदवार बन्ने बताइसकेका छन् ।

औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका निधि पनि नेविसंघको अध्यक्ष बनेका थिए । गुरुङ पनि नेविसंघको अध्यक्षबाट पार्टी राजनीतिमा आएका हुन् ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ३ : १६ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा