कल्याण गुरुङले गरे सभापतिको उम्मेदवार बन्ने घोषणा « Khabarhub

कल्याण गुरुङले गरे सभापतिको उम्मेदवार बन्ने घोषणा


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीको आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरेर गुरुङले सभापतिको उम्मेदवार बन्ने औपचारिक घोषणा गरेका हुन् ।

आगामी मंसिर ९ देखि १३ सम्म काठमाडौँमा हुने कांग्रेसको महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरे उनी दोस्रो नेता हुन् ।

यसअघि उपसभापति विमलेन्द्र निधिले पनि सम्पर्क कार्यालय स्थापना गर्दै सभापतिको उम्मेदवार बन्ने औपचारिक घोषणा गरेका थिए ।

सभापतिको उम्मेदवारी घोषणा गर्दै गुरुङले आफू युवाहरुको नेतृत्व गर्दै सभापतिको उम्मेदवार बन्ने बताए । उनले पार्टीमा युवाहरुलाई अगाडि ल्याउनुपर्छ भन्ने मान्यताका साथ आफू उम्मेदवार भएको बताए ।

उनले २०४८ मा जुन नेता नेतृत्वमा थिए, अहिले २०७८ मा पनि उनीहरु नै नेतृत्वमा देखिएको भन्दै अब नयाँ नेतृत्व आउनुपर्छ भनेर आवाज उठेपछि आफू उम्मेदवार बन्न लागेको बताए । उनले युवा पुस्ता नेतृत्वमा आउनुपर्ने बताए ।

गुरुङको उम्मेदवारी घोषणासँगै आसन्न महाधिवेशनमा नेविसंघका तीन पूर्व अध्यक्षहरु पार्टी सभापतिको प्रतिस्पर्धामा उत्रिने लगभग पक्का भएको छ ।

सभापति शेरबहादुर देउवा नेविसंघा अध्यक्ष हुँदै पार्टी राजनीतिमा क्रियाशील भएका थिए । देउवाले सभापति उम्मेदवार बन्ने औपचारिक घोषणा नगरे पनि उनले आफू निकट नेताहरुसँग सभापतिको उम्मेदवार बन्ने बताइसकेका छन् ।

औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका निधि पनि नेविसंघको अध्यक्ष बनेका थिए । गुरुङ पनि नेविसंघको अध्यक्षबाट पार्टी राजनीतिमा आएका हुन् ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ३ : १६ बजे

श्रीपञ्चमी : मिथिलामा कृषि नववर्ष उत्सवको परम्परा

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा कृषि नववर्ष उत्सवको तयारी

कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल

वसन्त श्रवणको साइत बिहान १० बजेपछि : हनुमानढोकामा राष्ट्रपति उपस्थित हुँदै

काठमाडौं – माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी अवसरमा हनुमानढोका

उम्मेदवार खेरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी