व्यवसायतर्फ अभिनेत्री मानन्धर, अब इन्टेक्स ब्राण्डका सामान बेच्ने « Khabarhub

व्यवसायतर्फ अभिनेत्री मानन्धर, अब इन्टेक्स ब्राण्डका सामान बेच्ने


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तराष्ट्रिय बजारमा बलियो उपस्थिति जनाएको इन्टेक्स ब्राण्डका इलेक्ट्रोनिक्स सामान नेपाली बजारमा पाइने भएको छ ।

नेपाली सिने जगतकी चर्चित नायिका करिस्मा मानन्धरले यस ब्राण्डलाई नेपालमा आधिकारिक रूपमा भित्र्याएकी हुन् । रिसिक ट्रेडिङ कन्सर्न प्रालिले इन्टेक्सको सामान नेपालमा भित्र्याउने भएको हो ।

रिसिककी म्यानेजिङ डाइरेक्टर समेत रहेकी अभिनेत्री मानन्त्ररले घरायसी रुपमा प्रयोग हुने इलेक्ट्रोनिक्स सामान खरिद गर्दा उपभोक्ताको रोजाई इन्टेक्स ब्राण्ड हुने बताइन् ।

चलचित्र क्षेत्रसँगै अब व्यवसायिक क्षेत्रमा पनि उपस्थिति भएको उनले कार्यक्रममा सुनाइन् ।

२५ वर्ष अघिबाट यस ब्राण्डका सामानहरु बिश्व बजारमा आए पनि नेपालमा भने होम अप्लायन्स र स्मल होम अप्लायन्सका सामान आधिकारिक रुपमा पहिलो पटक नेपाल भित्रिएको हो ।

८ वर्ष अघि यस कम्पनीले उत्पादन गरेको मोवाइल नेपाल भित्रिएको र सन २०१५ मा नेपाल र भारतमा नम्वर एक ब्राण्डको रुपमा स्थापित भएको कम्पनीको दाबी थियो । क्वालिटी र गुणस्तरमा प्रश्न उठाउने ठाउँ नरहेको इन्टेक्स ब्राण्डका अन्तराष्ट्रिय ब्यापार प्रमुख विश्वास अग्रवालले बताए ।

इन्टेक्स ब्राण्डका सामानको एक बर्ष देखि १० बर्ष सम्म वारेन्टी रहेको अग्रवालले जानकारी दिए । नेपालमा आधिकारिक रुपमा भित्रिएको उक्त ब्राण्डलाई नम्वर १ बनाउने प्रयासमा आफुहरु रहेको उनले बताए ।

देशभर नै उक्त कम्पनीले सर्भिस सेन्टरहरुको स्थापना गरिसकेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ४ : ३९ बजे

आज २०८३ साल असोज १५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय