व्यवसायतर्फ अभिनेत्री मानन्धर, अब इन्टेक्स ब्राण्डका सामान बेच्ने | Khabarhub Khabarhub

व्यवसायतर्फ अभिनेत्री मानन्धर, अब इन्टेक्स ब्राण्डका सामान बेच्ने


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तराष्ट्रिय बजारमा बलियो उपस्थिति जनाएको इन्टेक्स ब्राण्डका इलेक्ट्रोनिक्स सामान नेपाली बजारमा पाइने भएको छ ।

नेपाली सिने जगतकी चर्चित नायिका करिस्मा मानन्धरले यस ब्राण्डलाई नेपालमा आधिकारिक रूपमा भित्र्याएकी हुन् । रिसिक ट्रेडिङ कन्सर्न प्रालिले इन्टेक्सको सामान नेपालमा भित्र्याउने भएको हो ।

रिसिककी म्यानेजिङ डाइरेक्टर समेत रहेकी अभिनेत्री मानन्त्ररले घरायसी रुपमा प्रयोग हुने इलेक्ट्रोनिक्स सामान खरिद गर्दा उपभोक्ताको रोजाई इन्टेक्स ब्राण्ड हुने बताइन् ।

चलचित्र क्षेत्रसँगै अब व्यवसायिक क्षेत्रमा पनि उपस्थिति भएको उनले कार्यक्रममा सुनाइन् ।

२५ वर्ष अघिबाट यस ब्राण्डका सामानहरु बिश्व बजारमा आए पनि नेपालमा भने होम अप्लायन्स र स्मल होम अप्लायन्सका सामान आधिकारिक रुपमा पहिलो पटक नेपाल भित्रिएको हो ।

८ वर्ष अघि यस कम्पनीले उत्पादन गरेको मोवाइल नेपाल भित्रिएको र सन २०१५ मा नेपाल र भारतमा नम्वर एक ब्राण्डको रुपमा स्थापित भएको कम्पनीको दाबी थियो । क्वालिटी र गुणस्तरमा प्रश्न उठाउने ठाउँ नरहेको इन्टेक्स ब्राण्डका अन्तराष्ट्रिय ब्यापार प्रमुख विश्वास अग्रवालले बताए ।

इन्टेक्स ब्राण्डका सामानको एक बर्ष देखि १० बर्ष सम्म वारेन्टी रहेको अग्रवालले जानकारी दिए । नेपालमा आधिकारिक रुपमा भित्रिएको उक्त ब्राण्डलाई नम्वर १ बनाउने प्रयासमा आफुहरु रहेको उनले बताए ।

देशभर नै उक्त कम्पनीले सर्भिस सेन्टरहरुको स्थापना गरिसकेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ४ : ३९ बजे

आँखा शिविरबाट दुई सय बढी लाभान्वित

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा

एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु

लुम्बिनी– पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको

सहकारी प्रकरणमा छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश तय गर्न

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

नवलपरासी– जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा

अफगानिस्तानको बाढीमा परि कम्तिमा ५० जनाको मृत्यु

काठमाडौं– मध्य अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५०