एमालेद्वारा सभामुख र निर्वाचन आयोगविरुद्ध रिट दायर « Khabarhub

एमालेद्वारा सभामुख र निर्वाचन आयोगविरुद्ध रिट दायर


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

सभामुख सापकोटा, निर्वाचन आयोग, तत्कालीन एमालेमा रहेका १४ सांसद र लुम्बिनीका सभामुख पूर्णप्रसाद घर्तीविरुद्ध सर्वोच्च अदालतमा एमाले अध्यक्ष केपी शर्मा ओलीले रिट निवेदन दिएको एमालेका प्रमुख सचेतक विशाल भट्टाराईले जानकारी दिए ।

एमालेले १४ सांसदलाई सिफारिस गरे पनि कारबाही नगरेको भन्दै सभामुख, कारबाहीका लागि सिफारिस गरिएका १४ सांसदको सनाखत गरी पार्टी विभाजन गरेको भन्दै निर्वाचन आयोगलाई विपक्षी बनाउँदै अध्यक्ष ओलीले बुधबार वारेसमार्फत रिट दिएका हुन् ।

पार्टीले १ भदौमा १४ सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाए पनि सभामुखले रोकेर राखेको र पछि कारबाही नहुने भनी गरेको निर्णय कानून विपरीत रहेको भन्दै एमालेले त्यसलाई उल्ट्याउनुपर्ने रिट निवेदनमा माग गरिएको छ ।

यसैगरी दोस्रो रिट निवेदनमा ३९ जना सांसदहरु मात्रै भएको अवस्थामा निर्वाचन आयोगले ५५ जना सांसदको सनाखत गरी नेकपा एकीकृत समाजवादी दर्ता गर्नु त्रुटिपूर्ण भएको भन्दै त्यसलाई बदर गर्नुपर्ने माग गरिएको छ । यसैगरी झलनाथको वारेसनामा स्वीकारेको विषयलाई पनि बदर हुनुपर्ने रिट निवेदनमा माग गरिएको प्रमुख सचेतक भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ५ : ०६ बजे

आलु उत्पादनअघि नै बजार सुनिश्चित, किसान उत्साहित

कञ्चनपुर– आलु बिक्रीको सुनिश्चितता भएपछि कञ्चनपुरका किसान खुसी भएका छन्

रास्वपा कार्यालयमा गृहमन्त्री, विभिन्न घटनाका पीडितको भिड (तस्बिरहरू)

काठमाडौं- नागरिकको गुनासो सुन्ने कार्यक्रमअन्तर्गत गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र

कस्ता थिए संसद्को रेकर्डबाट हटाइएका इन्दिरा र बादलका शब्दहरू ?

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर

कांग्रेसले भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी

गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध

रसुवा– जनैपूर्णिमा दिन गोसाइँकुण्ड मेला भर्न आउने भक्तजनको स्वास्थ्य, सुरक्षा,