एमालेद्वारा सभामुख र निर्वाचन आयोगविरुद्ध रिट दायर « Khabarhub

एमालेद्वारा सभामुख र निर्वाचन आयोगविरुद्ध रिट दायर


१६ भदौ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

सभामुख सापकोटा, निर्वाचन आयोग, तत्कालीन एमालेमा रहेका १४ सांसद र लुम्बिनीका सभामुख पूर्णप्रसाद घर्तीविरुद्ध सर्वोच्च अदालतमा एमाले अध्यक्ष केपी शर्मा ओलीले रिट निवेदन दिएको एमालेका प्रमुख सचेतक विशाल भट्टाराईले जानकारी दिए ।

एमालेले १४ सांसदलाई सिफारिस गरे पनि कारबाही नगरेको भन्दै सभामुख, कारबाहीका लागि सिफारिस गरिएका १४ सांसदको सनाखत गरी पार्टी विभाजन गरेको भन्दै निर्वाचन आयोगलाई विपक्षी बनाउँदै अध्यक्ष ओलीले बुधबार वारेसमार्फत रिट दिएका हुन् ।

पार्टीले १ भदौमा १४ सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाए पनि सभामुखले रोकेर राखेको र पछि कारबाही नहुने भनी गरेको निर्णय कानून विपरीत रहेको भन्दै एमालेले त्यसलाई उल्ट्याउनुपर्ने रिट निवेदनमा माग गरिएको छ ।

यसैगरी दोस्रो रिट निवेदनमा ३९ जना सांसदहरु मात्रै भएको अवस्थामा निर्वाचन आयोगले ५५ जना सांसदको सनाखत गरी नेकपा एकीकृत समाजवादी दर्ता गर्नु त्रुटिपूर्ण भएको भन्दै त्यसलाई बदर गर्नुपर्ने माग गरिएको छ । यसैगरी झलनाथको वारेसनामा स्वीकारेको विषयलाई पनि बदर हुनुपर्ने रिट निवेदनमा माग गरिएको प्रमुख सचेतक भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : १६ भदौ २०७८, बुधबार  ५ : ०६ बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया