५ हजार एमएएच ब्याट्री भएको ओपो ए१६ सार्वजनिक, मूल्य कति ? | Khabarhub Khabarhub

५ हजार एमएएच ब्याट्री भएको ओपो ए१६ सार्वजनिक, मूल्य कति ?


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ओपोले नेपालमा आफ्नो लोकप्रिय सिरिज, ए-सिरिज अन्तर्गत ए१६ सार्वजनिक गरेको छ।

आकर्षक डिजाइनमा उच्च कार्य प्रदर्शनी क्षमता सहितको फोन उपलब्ध गराउने आफ्नो उद्देश्य अनुरुप ओपो ए१६को निर्माण सक्रिय जीवनशैली भएका स्टाइलिश डिजाइन मनपराउने यूवा लक्षित भई गरिएको कम्पनीले जनाएको छ।

ओपोका अनुसार लामो समयसम्म टिक्ने ५ हजार एमएएच ब्याट्री सुसज्जित ओपो ए१६मा आन्ददायी दृश्यानुभूतिका लागि ठूलो आकारको ६.५२ ईञ्चको एचडी+ आई केयर डिस्प्लेको प्रयोग गरिएको छ। साथै, सहजताका साथ गुणस्तरीय तस्विर कैद गर्न सकियोस् भन्ने सोचका साथ यसमा एआई ट्रिपल क्यामेरापनि दिइएको छ।

‘स्टाइल र कार्य क्षमताको कुरा गर्दा ओपो ए१६मा कुन सम्झौता गरिएको छैन। ट्रेण्डी डिजाइन सहितको यो फोनमा सक्रिय अवस्थानमा अमूल्य पललाई तस्विरमा कैद गर्ने कार्यमा सहजताका लागि उच्च कोटीको ट्रिपल क्यामेरापनि दिइएको छ। यसमा प्रयोग गरिएको ५ हजार एमएएच क्षमताको ब्याट्रीले प्रयोगकर्तालाई ब्याट्री सक्किने चिन्ता बिना आफ्नो दैनिकीका मज्जा लिन सघाउँछ’ ओपो नेपालका ब्राण्ड डिरेक्टर पियरसन शेनले भने।

डिजाइन

क्रिस्टल ब्ल्याक, पर्ल ब्ल्यू र स्पेस सिल्भर गरी तीन आकर्षक रंगमा उपलब्ध गरिएको ओपो ए१६मा उपभोक्ताका गोपनियताको सुरक्षार्थ फेसका साथै साइड फिंगरप्रिन्ट रिकग्निशन सुविधापनि दिइएको छ।

क्यामेरा

ओपो ए१६मा हरेक अवस्थामा प्रयोगकर्ताले सहजै आफ्ना अमूल्य पलहरु तस्विर तथा भिडिओका रुपमा सहजै कैद गर्न सकुन् भन्ने तिर विशेष ध्यान दिएको छ। यसका लागि कम्पनीले फोनमा १३एमपी मेन क्यामेराका साथमा २एमपी डेप्थ (बोके) र २एमपी माक्रो क्यामेरापनि उपलब्ध गराएको छ। स्पष्ट तथा चहकिला सेल्फीका लागि फोनमा ८एमपी क्षमता सहितधको फ्रण्ट क्यामेरापनि दिइएको छ।

ब्याट्री र रोम

ओपो ए१६ले प्रयोगकर्तालाई ५ हजार एमएएच क्षमताको लामो समयसम्म टिक्ने ब्याट्रीका साथमा पर्याप्त सञ्चय क्षमतापनि उपलब्ध गराएको छ। यसका प्रयोग गरिएको उर्जा खपत न्यूनिकरणमा सघाउन प्रशस्त फिचर्स सहितको ठूलो ब्याट्रीले प्रयोगकर्तालाई ब्याट्रीको चिन्ता रहित फोन प्रयोग गर्ने अवसर प्रदान गर्छ। ब्याट्रीलाई १०० प्रतिशत चार्ज गरिसके पछि ३४ घण्टाको कल टाइम वा २१.०२ घण्टा यूट्यूब भिडियो प्लेब्याकको मज्जा लिन सकिन्छ।

प्रयोगकर्ताले पर्याप्त सञ्चय क्षमताका साथ विना कुनै सम्झौता आफ्ना फाइलहरु (तस्विर, भिडियो लगायत) सुरक्षितरुपमा सञ्चित गर्न सकुन् भन्ने सोचका साथ ए१६मा ३जीबी ¥याम र ३२ जीबी रोमको ब्यवस्था गरिएको छ। साथै, अतिरिक्त सञ्चय क्षमताको आवश्यकता परेमा फोनमा २५६जीबी सम्मको एसडी कार्ड मार्फत सञ्चय क्षमतालाई थप विस्तार गर्ने सुविधा पनि फोनमा उपलब्ध रहेको छ।

बजार उपलब्धता

नेपाली बजारमा ओपो ए१६ अगष्ट महिनाको २९ तारिकदेखि नै उपलब्ध भइसकेको छ। मूल्य रु. १८,९९०/- निर्धारण गरिएको यो फोन नेपाल भर रहेका ओपोका प्रमुख विक्रि केन्द्रहरु मार्फत सहजै खरिद गर्न सकिन्छ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ५ : १८ बजे

खैरो हेरोइनसहित नागढुंगाबाट एक जना पक्राउ

काठमाडौं– लागूऔषध खैरो हेरोइनसहित नागढुंगाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको

औपचारिक माध्यमबाट सुनको आयातमा ८६ प्रतिशतले गिरावट

काठमाडौं– औपचारिक माध्यमबाट सुनको आयातमा ठूलो गिरावट देखिएको छ ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि

काठमाडौं– ‘हामी सबैको प्रतिबद्धता: लैङ्गिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने

भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गरौँ : मुख्यमन्त्री आचार्य

अर्घाखाँची– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले जारी गरेको

भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता

काठमाडौं– भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी तथा श्रीमती सुनिता