प्रशासनको निर्णयपछि हल खोल्ने तयारीमा प्रदर्शक « Khabarhub

प्रशासनको निर्णयपछि हल खोल्ने तयारीमा प्रदर्शक


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले कोभिड प्रोटोकल पालना गर्दै फिल्म हल खोल्न अनुमति दिएपछि हल सञ्चालकहरु तयारीमा जुटेका छन् ।

फिल्म प्रदर्शकको छाता संस्था नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले सञ्चारमाध्यममा भोलिबाट हल खुल्ने समाचार सार्वजनिक भए पनि भोलिबाटै हल भने नखुल्ने बताए ।

‘हामी भोलिबाट तयारी सुरु गर्दैछौं । भोलिबाट नै हल खोल्दैनौं । किनभने हलको ममर्त सम्भारदेखि लिएर फिल्मको कन्टेन्टको कुरा पनि आउँछ । हामी उपत्यका बाहिरका हलका साथीहरुसँग पनि कसरी हललाई पूर्ववत सञ्चालन गर्न सकिन्छ भनेर सरसल्लाह गर्नेछौं’, महासचिव शर्माले खबरहबसँग भने ।

शर्माले स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा कडाईका साथ लागु गरेर हल खुल्ने जानकारी दिए । हलमा सामाजिक दुरीसँगै दर्शकको तापक्रम नाप्न थर्मल गनको प्रयोग, अनिवार्य मास्क, सेनिटाइजरको प्रयोगलाई विशेष ध्यान दिइएको बताए । ‘हामीले दर्शकसँगै हललाई पनि सेनिटाइज गर्नेछौं’, उनले भने, ‘बाहिरको भीड भन्दा हलमा भीड त्यसै कम हुन्छ । किनकी हल एउटा कम्पाण्ड भित्र हुन्छ । त्यसकारणले पनि जे जति दर्शक आउनुहुन्छ, उहाँहरुलाई स्वास्थ्य मापदण्डको नियम पालना गर्न लगाउनेछौं ।’

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले स्वास्थ्य मापदण्ड पालना गर्दै फिल्म हल खुलाउन अनुमति दिइएको बताए । ‘सर्वसाधारण व्यक्ति, समूह तथा संस्थालगायतका निकायहरुबाट आर्थिक, सामाजिक तथा व्यावसायिक गतिविधिहरु सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरेर मात्र गर्न पाउने निर्णय बमोजिम हल पनि खोल्न दिने निर्णय गरेका हौं’, प्रजिअ पराजुलीले भने ।

उनले स्मार्ट लकडाउनको कार्यविधिअनुसार फिल्म खुलाउन अनुमति दिइएको जनाए । पराजुलीका अनुसार हलमा स्वास्थ्य मापदण्ड पालना भएको छ या छैन भन्ने कुराको अनुगमन हुनेछ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ५ : ४५ बजे

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठ २९ र ३० मा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र

काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

म्याग्दी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र