कांग्रेस महाधिवेशन : पौडेल पक्षमा साझा उम्मेदवार बनाउने प्रयास आज पनि विफल « Khabarhub

कांग्रेस महाधिवेशन : पौडेल पक्षमा साझा उम्मेदवार बनाउने प्रयास आज पनि विफल


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचनद्र पौडल पक्षीय नेताहरुले आगामी १४ औँ महाधिवेशनका लागि आज पनि साझा उम्मेदवार बनाउन सकेनन् ।

महाधिवेशनको मिति नजिकिएसँगै  साझा उम्मेदवार बनाउन छलफल जारी राखे पनि उनीहरु निष्कर्षमा पुग्न सकेका छैनन् ।

आजको बैठकमा १४ औं महाधिवेशन एकताको महाधिवेशन हुनुपर्ने विषयमा छलफल भएको नेतृ सुजाता कोइरालाले जानकारी दिइन् ।

उनले भनिन्,  ‘कसरी महाधिवेशन सफल बनाउने, राम्रो सन्देश दिने विषयमा सबैले आ-आफ्नो धारणा राख्नुभयो, पार्टी एकताको सन्देश दिनुपर्‍यो भन्ने विषयमै छलफल भयो ।’

उनले पार्टीभित्र देखिएका समस्या समाधान गर्दै अगाडि बढ्नु पर्ने बताउँदै पार्टी भित्रका हरेक नकारात्मक प्रवृत्तिलाई हटाएर संस्कारगत राजनीति गर्नुपर्नेमा जोड दिइन् ।

क्रियाशील सदस्यका बारेमा भइरहेका विवादलाई समाधान गर्दै अडाडि बढ्नु पर्ने नेपाली काँग्रेसका नेता रामशरण महतले जोड दिए ।

उनले अहिले पनि क्रियाशील सदस्यको विवाद ठाउँ–ठाउँमा देखिएको भन्दै छिटो समाधान गर्नुपर्ने र एकताको सन्देश दिनुपर्ने बताए । नेता महतले निर्वाचनमा साझा उम्मेदवार बनाएर जानुपर्ने विषयमा छलफल भएको जानकारी दिए ।

उनले भने , ‘ सकरभर साझा उम्मेदवार बनाएर निर्विरोध भए राम्रो, नभएर विचार मिल्नेहरु एक भएर जानुपर्छ भन्ने हो ।’

नेपाली काँग्रेसको एकताको सन्देश दिने पक्षमा रहेकाले विकृतिलाई हटाउँदै सबै एक भएर जानु पर्ने महतको भनाइ थियो । उनले पार्टीको नेतृत्व निर्विरोध हुनुपर्ने र नभए विचार मिल्नेहरु एक हुनुपर्ने आफ्नो मत रहेको जिकिर गरे ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ६ : ३४ बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ