प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गरे वृक्षरोपण « Khabarhub

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गरे वृक्षरोपण


१६ भदौ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले काठमाडौं महानगरपालिका-१ नक्सालस्थित नन्दीकेश्वर बगैँचा नारायणचौरमा बुधबार वृक्षरोपण गरेका छन् ।

राष्ट्र सेवक कर्मचारी वृक्षरोपण अभियान अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र नक्सालको आयोजना तथा हिमाल अस्पताल कमलपोखरी र वातावरण मैत्री समाज मैतीदेवीको सहकार्यमा वृक्षरोपण कार्यक्रम शुभारम्भ गरी विभिन्न जातका विरुवाहरूको वृक्षरोपण गरिएको हो ।

वृक्षरोपण पश्चात प्रहरी महानिरीक्षक थापा क्षेत्रीले बगैँचा संरक्षण तथा संवर्द्धनमा नेपाल प्रहरीको सदैव सहकार्य हुने बताउए । समुदाय तथा वातावरणसँग जोडिएको विषय भएकोले वृक्षरोपण कार्य महत्‍वपूर्ण रहेको उनले बताए ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीको साथै सामुदायिक सेवा केन्द्र नक्सालका अध्यक्ष नरेन्द्र बहादुर श्रेष्ठ, वातावरणमैत्री समाजका अध्यक्ष राधेश्याम मिश्र, उक्त सेवा केन्द्रका पदाधिकारीहरू लगायत हिमाल अस्पताल, सानिमा बैंक र नेपाल यूथ फिटनेसका प्रतिनिधिहरूले समेत वृक्षरोपण गरेका थिए ।

उक्त अवसरमा ज्याकारान्डा, रुद्राक्ष, अम्बा, पैँयु लगायत विभिन्न जातका विरुवाहरू रोपिएको छ ।

प्रकाशित मिति : १६ भदौ २०७८, बुधबार  १० : ०१ बजे

भोटेकोशी विपत्तिबारे बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस, नेपाललाई ५३ देशको समर्थन

काठमाडौँ– नेपालले भोटेकोशी–त्रिशूली विपत्तिबारे थाइल्याण्डको राजधानी बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस

मुस्ताङमा एक पथ प्रदर्शकको मृत्यु

मुस्ताङ– मनाङबाट राउन्ड अन्नपूर्ण चर्किय पदमार्गको थोरङ्ला पास गरी मुस्ताङ

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय