चीनसँगको सीमा विवाद अध्ययनका लागि समिति गठन (भिडियोसहित) « Khabarhub

चीनसँगको सीमा विवाद अध्ययनका लागि समिति गठन (भिडियोसहित)


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले उत्तरी छिमेकी चीनसँगको सीमा विवाद अध्ययनका लागि अध्ययन समिति गठन गरेको छ । विहीबार बसेको मन्त्रिपरिषदको बैठकले अध्ययन समिति गठन गरेको सरकारका प्रवक्ता तथा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

मन्त्री कार्कीका अनुसार हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रको सम्बन्धमा उठेका समस्या अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सीमा विज्ञ रहेको समिति गठन गरिएको छ ।

यसअघि चीनले हुम्लाको नाम्खा गाउँपालिकामा नेपाली भूमि मिचेको सार्वजनिक भएको थियो । तर, तत्कालीन ओली सरकार र चीन दुबैले चीनसँग कुनै सीमा विवाद नरहेको बताएका थिए । तर, तत्कालीन प्रतिपक्षी दल नेपाली कांग्रेसले भने अध्ययन समिति गठन गरी सीमा मिचिएको प्रतिवेदन तयार पारेको थियो ।

कर्णाली प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता तथा हुम्लाका स्थानीयवासी जीवनबहादुर शाही नेतृत्वको समितिले सीमा क्षेत्रको अवलोकन गरी भूमि मिचिएको प्रतिवेदन पार्टीमा पेश गरेको थियो ।

त्यतिबेला सुरुमा पिल्लर नम्बर ८७ हराएको बताइएको थियो भने पछि सो पिल्लर भेटिएको थियो । सो पिल्लर नयाँ बनेको अवस्थामा फेला परेको भन्दै शाही नेनृत्वको समितिले प्रश्न उठाएको थियो । कांग्रेसले सीमा मिचिएको प्रतिवेदन बनाएपछि काठमाडौंस्थित चिनियाँ दूतावासले कांग्रेसको नाम लिएर आपत्ति प्रकट गरेको थियो ।

अहिले सरकारको नेतृत्व गरिरहेको कांग्रेसले सो विवादबारे अध्ययन गर्न समिति बनाएको हो ।

यस्तै मन्त्रिपरिषद् बैठकले स्वीस सरकारको सहयोगमा दिगो तथा सम्मानीत रोजगारीका लागि शीप परियोजना दोस्रो चरण कार्यान्वयनका लागि प्राप्त हुने १ अर्व ९३ करोड अनुदान सायता स्वीकार गर्ने निर्णय गरेको कार्कीले जानकारी दिए ।

उनले माओवादी सेनाका धाइते, अपांग, लडाकुलगायतका विभिन्न आन्दोलनमा घाइतेहरुका लागि पुनः स्थापना हेरचाह दोस्रो संशोधन निर्देशिका स्वीकृत गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी दिए ।

कार्कीले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशकमा विश्वमोहन अधिकारीलाई नियुक्त गर्ने सरकारले निर्णय गरेको बताए ।

हेरौँ भिडियो

यो पनि पढौँ

हुम्लामा चीनले नेपाली भूमि मिचेको शाही टोलीको ठहर 

हुम्लामा चीनले सीमा मिचेकै हो 

हुम्लामा चीनले सीमा मिचेकोबारे छानविन गर्न सरकारलाई आग्रह 

नेपाली भूमि नमिचेको प्रमाण पेश गर्न चीनलाई कांग्रेस नेता शाहीको चुनौती 

भूमि अतिक्रमणलाई छाँयामा पार्न चिनियाँ मुखपत्र लागि पर्‍यो- कांग्रेस नेता शाही 

नेपाल–चीन सीमा विवादबारे चिनियाँ मुखपत्रले भन्यो: झूठो खबर फैलाउन नेपाली कांग्रेस र भारतीय मिडिया जिम्मेवार 

हुम्लामा नेपाली भूमि मिचिएकोबारे सरकार मौन बस्नु् राष्ट्रघात : कांग्रेस 

हुम्लामा चीनले नेपाली भूमि मिचेको कुराले मेरो ज्यानमाथि नै थ्रेट छ 

हुम्लामा नेपाली भूमि मिचिएको छैन भन्न सरकारलाई किन यति हतार ? 

चिनियाँ अतिक्रमण रोक्न कर्णालीवासी एकजुट बनौं : कांग्रेस

नेपाली भूमि मिचेको भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन

 

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ७ : ३१ बजे

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा– झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूल चोकबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन

मनै लोभ्याउने रसुवाको भाङ्गे झरना (तस्बिरहरू)

रसुवा– सडकको एकछेउ त्रिशुली सुसाइरहन्छ । अर्कोपट्टि अजङ्गको भीर छ

युक्रेनमा रुसी आक्रमण, कम्तीमा १५ जनाको मृत्यु, एकसय बढी घाइते

काठमाडौँ– युक्रेनको छुट्टाछुट्टै स्थानमा रुसले गरेको आक्रमणबाट कम्तीमा १५ जनाको

अस्पतालको बेडमै सेलिब्रेटीको ‘सेल्फी’ होड

काठमाडाैँ- ‘घरमा भएकी आमाले थाहा पाएकी हुन्नन्’ सन्तानले फेसबुकमा मातातीर्थ

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस