‘क्रेजी लभर’ मा निमा रुम्बा « Khabarhub

‘क्रेजी लभर’ मा निमा रुम्बा


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लामो समयको विश्रामपछि पपगायक निमा रुम्बा गायनमा फर्किएका छन् । ‘मिस् क्याटवाक’, ‘हुरी बतास’, ‘आऊ आऊ न’, ‘प्रिति बस्यो’, ‘साझमा पनि’, ‘मेरी प्रियसी’ जस्ता लोकप्रिय गीतका गायक निमा नयाँ गीत ‘पागल प्रेमी–२ (क्रेजी लभर)’ लिएर श्रोता तथा दर्शकमाझ आएका छन् । गीतमा निमाकै शब्द, संगीत र स्वर रहेको छ ।

निमाले आर एण्ड बि र्याप शैलीको समिश्रण रहेको ‘पागल प्रेमी (मायालु तिमी भनिदेउ)’ वि.सं. २०५० सालमा ल्याएका थिए, जुन गीत अलटाइम हिट गीत हो । हाल सार्वजनिक गीत निमाले केही वर्षअघि नै रेकर्ड गराएका थिए । गीतमा निमा र गायक स्व. सुनील बर्देवाले २०७० मा एरेन्ज सुरु गरेका थिए । सुनीलको असामयिक निधनसँगै ‘पागल प्रेमी २’ को ‘क्रेजी लभर’ निमा र सुनीलको सहकार्य रहेको अन्तिम गीत बन्न पुगेको छ । यो पप, इडिएम, डिस्को र आर एण्ड बि शैलीको फ्युजन गीत हो ।

अमेरिकामा खिचिएको यो गीतको भिडियोमा निमा आफैं प्रमुख भूमिकामा छन् । उनको साथमा ‘मिस युनिभर्स नेपाल २०२१’ की विजेता अंशिका शर्मा र ‘मिस्टर यूएसए’ तथा दुईपटक मेन्स फिजिक गोल्ड मेडल जितेका तथा प्रो कार्ड विजेता उत्सव सिंहले फिचर्ड छन् । यी कलाकारसँगै केहि अमेरिकन कलाकारहरुको पनि अभिनय रहेको छ । भिडियोमा अण्डरकभर मिशनमा रहेका जासुस कथा समेटिएको छ ।

आशिष श्रेष्ठ निर्देशित भिडियोमा पटकथा र सम्पादन पनि उनकै छ । भिडियो युवा फिल्म्स र आहा प्रोडक्सनले तयार पारेको हो । भिडियोका सह–निर्माता उज्ज्वल सिंह हुन् ।

गायक रुम्बाले आफ्नो गीतको भिडियो हलिउडस्तरमा तयार भई रिलिज भएकोमा खुसी व्यक्त गरे । गीत रिलिजसँगै उनले आफ्नो केही समयको ग्यापलाई यो गीतले पुर्ण गर्न सफल रहनेमा विश्वास रहेको बताएका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ११ : १८ बजे

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला

लाओससँग पराजित भयो नेपाल, टुंगियो एएफसी एसियन कप छनोट

काठमाडौँ – घरेलु टोली लाओससँग पराजित हुँदै नेपाली राष्ट्रिय फुटबल