अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको रक्षा सम्झौताले तनाब बढाएको छ : ओली « Khabarhub

अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको रक्षा सम्झौताले तनाब बढाएको छ : ओली


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हालै अमेरिका, बेलायत र अष्ट्रलियाबीच भएको रक्षा सम्झौताले एसिया प्रशान्त क्षेत्रमा तनाब बढाएको विश्लेषण गरेको छ ।

शुक्रबार सुरु भएको विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष केपी शर्मा ओलीले भूराजनीतिबारे विश्लेषण गर्दै ओकास भनिने सो सम्झौताले तनाब थपेको उल्लेख गरेका छन् ।

सो ओकास सम्झौता अनुसार अमेरिका र बेलायतले अष्ट्रेलियालाई आणविक पन्डुब्बी बनाउन दिने तथा अन्य रक्षा तथा सामरिक सहयोग आदानप्रदान गर्ने सहमति भएको छ । यो सम्झौताले हिन्द प्रशान्त क्षेत्रमा चीनको बढ्दो शक्तिलाई सन्तुलनमा ल्याउने अमेरिका, बेलायत र अष्ट्रलियाको जिकिर छ ।

अध्यक्ष ओलीले म्यानमार, अफगानिस्तान र भारत तथा पाकिस्तानबीचको आपसी सम्बन्धबारे पनि विश्लेषण गरेका छन् । भारत र चीनबीचको सम्बन्धले नेपाललाई पनि प्रभाव पारेको बताएका छन् । भारतसँगको सीमा विवाद समाधान गर्नुपर्ने ओलीले टिप्पणी गरेका छन् । उनले एक चीन नीति र भारतको सुरक्षा चासोमा सजग रहेको बताएका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  २ : १९ बजे

इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानका ११ जनाको मृत्यु

लेबनान- दक्षिणी लेबनानमा रातभर भएको इजरायली हवाई आक्रमणमा दुई शिशुसहित कम्तीमा

नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’

काठमाडौं- नेपाल हुलाकले दुर्गम क्षेत्रमा पुर्‍याउँदै आएको सेवाका लागि एसिया

ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग

काठमाडौं– ठमेल पर्यटन विकास परिषद्ले रसुवाका बाढीपीडितलाई राहत सामग्री सहयोग

नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग

काठमाडौं- नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्लाहरूमा बीमा सेवामा सहजीकरण