अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको रक्षा सम्झौताले तनाब बढाएको छ : ओली « Khabarhub

अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको रक्षा सम्झौताले तनाब बढाएको छ : ओली


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हालै अमेरिका, बेलायत र अष्ट्रलियाबीच भएको रक्षा सम्झौताले एसिया प्रशान्त क्षेत्रमा तनाब बढाएको विश्लेषण गरेको छ ।

शुक्रबार सुरु भएको विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष केपी शर्मा ओलीले भूराजनीतिबारे विश्लेषण गर्दै ओकास भनिने सो सम्झौताले तनाब थपेको उल्लेख गरेका छन् ।

सो ओकास सम्झौता अनुसार अमेरिका र बेलायतले अष्ट्रेलियालाई आणविक पन्डुब्बी बनाउन दिने तथा अन्य रक्षा तथा सामरिक सहयोग आदानप्रदान गर्ने सहमति भएको छ । यो सम्झौताले हिन्द प्रशान्त क्षेत्रमा चीनको बढ्दो शक्तिलाई सन्तुलनमा ल्याउने अमेरिका, बेलायत र अष्ट्रलियाको जिकिर छ ।

अध्यक्ष ओलीले म्यानमार, अफगानिस्तान र भारत तथा पाकिस्तानबीचको आपसी सम्बन्धबारे पनि विश्लेषण गरेका छन् । भारत र चीनबीचको सम्बन्धले नेपाललाई पनि प्रभाव पारेको बताएका छन् । भारतसँगको सीमा विवाद समाधान गर्नुपर्ने ओलीले टिप्पणी गरेका छन् । उनले एक चीन नीति र भारतको सुरक्षा चासोमा सजग रहेको बताएका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  २ : १९ बजे

भेनेजुएलामा कारबाहीका क्रममा गोप्य हतियारको प्रयोग : ट्रम्प

एजेन्सी – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका नेता निकोलस मादुरोलाई

निर्वाचन नजिकिँदै जाँदा उत्साहित छन् नयाँ मतदाता

गलेश्वर– म्याग्दीका दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन सकेर मत माग्न

बालेनको घरदैलो कार्यक्रममा खटिइन् पत्नी सविना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापा–५ मा घरदैलो कार्यक्रम

हिमपातपछि जुम्लामा जाडोले जनजीवन प्रभावित

जुम्ला– हिमपात परेसँगै बढेको जाडोले यहाँको जनजीवन प्रभावित भएको छ

श्रम नगरी देश बन्दैन : हर्क साम्पाङ

दमौली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रम नगरी