लामो संघर्षपछि प्राप्त उपलब्ध गुम्ने खतरा बढ्यो : प्रचण्ड « Khabarhub

लामो संघर्षपछि प्राप्त उपलब्ध गुम्ने खतरा बढ्यो : प्रचण्ड


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो संघर्षपछि प्राप्त उपलब्धी गुम्ने खतरा बढेको बताएका छन् । नेकपा माओवादी केन्द्र ताराखोला गाउँपालिकाले आयोजना गरेको भर्चुअल भेलालाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले अहिले देशभर केपी आतङ्क रहेको भन्दै त्यसलाई परास्त गर्न आम कार्यकर्ता र नागरिक सचेत हुनुपर्ने उल्लेख गरे । प्रतिक्रियावादी शक्तिहरुले जनतालाई भ्रम सिर्जना गरेकोले सचेत हुन अपीलसमेत गरे ।

आफूले देशमा ठूलो कम्युनिष्ट शक्ति निर्माण गरी देशलाई सम्वृद्धीतर्फ लैजाने योजना अनुरुप नेकपा एमालेसँग पार्टी एकता गरे पनि गलत प्रवृति र केपी ओलीको गुटगत राजनीतिले सपना चकनाचुर भएको प्रचण्डले टिप्पणी गरे । अब फेरि जनताको घरदैलोमा माओवादी केन्द्र आफ्ना एजेण्डा र उपलब्धिसहित जानुपर्ने बताए ।

सम्वोधनका क्रममा प्रचण्डले मन्त्रिपरिषद् विस्तार केही दिन लम्बिन सक्ने संकेत समेत गरेका छन् । शुक्रबार बिहान पनि प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको बताउँदै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अस्वस्थ हुँदा मन्त्रिपरिषद् विस्तार लम्बिन सक्ने बताए ।

‘माधवजीसँग फोनमा कुराकानी भएको छ, उहाँ रुघाखोकीबाट ग्रसित हुनुहुन्छ,’ प्रचण्डले भने, ‘डाक्टरले केही दिन अस्पतालमा बस्नुपर्छ भनेका कारण मन्त्रिपरिषद् विस्तार केही दिन ढिला हुनसक्छ । तर अन्य साथीहरु लागेको हुनाले आजभोलिमा पनि टुंगिन सक्छ ।’

सो अवसरमा प्रचण्डले माओवादी ‘जनयुद्ध’बाट प्राप्त उपलब्धिलाई जनतामाझ पुर्‍याउनुपर्ने बताए । २०६४ सालपछि माओवादी बिग्रेको बताउँदै पहिलो कुरा नेतृत्व सच्चिँदै जाने हो भने फेरि पार्टी नयाँ तरिकाले अगाडि बढ्ने बताए ।

उनले अहिलेको ५ दलीय गठबन्धन चुनावसम्म लैजाने विषयमा छलफल चलिरहेको बताउँदै विचार मिल्नेसँग छलफल जारी राख्न कार्यकर्तालाई आग्रह गरे ।

‘हामी केन्द्रमा एकता अथवा गठबन्धन कायम राख्ने विषयमा छलफल चलाइरहेका छौं,’ उनले भने, ‘तपाइँहरुले पनि अन्य पार्टीका साथीहरुसँग छलफल चलाएर वातावरण बनाउनुहोस् ।’ भर्चुअल भेलामा नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ३ : २२ बजे

नदी करिडोरमा पैदल यात्रीका लागि सार्वजनिक कुर्सी व्यवस्थापन गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले सडक किनारा, पार्क, नदीहरूका करिडोरमा पैदल यात्रीलाई

काठमाडौं- ८ : विराजभक्त र सुमनको टक्कर, कसले बाजी मार्ला

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौंमा चुनावी सरगर्मी

परराष्ट्रमन्त्री शर्मासँग गैरआवासीय नेपाली सङ्घको भेट

काठमाडौं– बाह्रौँ महाधिवेशन तथा अन्तरराष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा गैरआवासीय नेपाली सङ्घले

निर्वाचन आचारसंहिता लागू गराउन सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई पत्राचार

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय

फिल्म स्टारलाई पछि पारे बल्छीले, ‘भाइरल गोर्खे’ र ‘मिरमिरे’ लाखमै सीमित

काठमाडौं – यही माघ १ गतेबाट प्रदर्शनमा आएका तीन फिल्महरुमा