राजनीति

ओलीको राजनीतिक प्रतिवेदन : कांग्रेस प्रमुख प्रतिस्पर्धी

By खबरहब

October 01, 2021

काठमाडौँ– नेकपा एमालेले सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस आफ्नो प्रमुख प्रतिस्पर्धी राजनीतिक दल भएको विश्लेषण गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसलाई प्रमुख प्रतिस्पर्धी शक्ति भनिएको हो । प्रतिवेदनमा कांग्रेस पुँजिवादी दक्षिणपन्थी पार्टी भएकोसमेत विश्लेषण गरिएको छ । यस्तै माओवादी केन्द्रलाई एमालेले प्रचण्डको अस्थिर राजनीतिको समूह भनेको छ ।

आफूलाई एमालेले नेपाली कम्युनिष्टको मुख्यधारा भएको र एकता चाहने पार्टी भएको विश्लेषण गरिएको छ ।

शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा महाविधेशन सुरु भएको हो । तीन दिनसम्म चल्ने अधिवेशनको पहिलो दिन शुक्रबार अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत भइसकेको छ भने महासचिब ईश्वर पोखरेलले सांगठनिक र उपमहासचिब विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गर्दैछन् ।

शुक्रबारै ती दस्तावेजमाथि छलफलका लागि समूह विभाजन गर्ने भनिएको छ ।