भारतका विदेश सचिवले श्रीलङ्काको भ्रमण गर्ने « Khabarhub

भारतका विदेश सचिवले श्रीलङ्काको भ्रमण गर्ने


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतका विदेश सचिव हर्षबद्र्धन श्रीङगलाले श्रीलङ्काको भ्रमण गर्ने भएका छन् । यही अक्टोबर २ देखि ५ सम्म उहाँले श्रीलङ्काको भ्रमण गर्ने तय भएको विदेश मन्त्रालयले जनाएको छ ।

भारतको निकट छिमेकी श्रीलङ्कालाई महत्व दिएर भारतका विदेश सचिवले भ्रमण गर्न लागेको भएको जनाइएको छ ।“छिमेकी प्रथम” भन्ने भारतको विदेश नीतिअनुसार छिमेकीलाई प्रथम प्राथमिकता दिएको रुपमा व्याख्या गरिएको छ ।

भारतका विदेश सचिवको यो भ्रमणलाई दुवै देशको महत्वका साथ हेरेका छन् । भ्रमणका क्रममा उनले श्रीलङ्काका उच्च सरकारी अधिकारीहरुलाई पनि भेट्ने कार्यक्रम रहेको छ । भेटका क्रममा उनले दुई पक्षीय हित, साझा चासो, आपसी सम्बन्ध, सहकार्य र सहयोग आदानप्रदान लगायतका विषयमा छलफल गर्ने विदेश मन्त्रालयले जनाएको छ ।

विगतमा भएका सम्झौता र सहकार्यको समीक्षा गर्दै त्यसलाई पुनरावलोकन गर्ने बारेमा पनि उनीहरुका बीचमा छलफल हुने जनाइएको छ ।

कोरोनाभाइरसको महामारीका बेला भारतले गरेको सहयोगका लागि श्रीलङ्काको तर्फबाट धन्यवाद ज्ञापन गर्ने कार्यक्रम समेत रहेको बताइएको छ । भारतले विगतमा पनि उच्च प्राथमिकताका साथ छिमेकी देशलाई कोरोनाभाइरसको महामारी विरुद्धको सहयोग गरेको थियो भने आगामी दिनमा पनि खोप लगायतका सहयोग बढाउने जनाएको छ । एएनआई

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ९ : ४५ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले