वैदेशिक रोजगारीमा पोर्चुगल पठाउने भन्दै ४ लाख ठगेको आरोपमा पक्राउ « Khabarhub

वैदेशिक रोजगारीमा पोर्चुगल पठाउने भन्दै ४ लाख ठगेको आरोपमा पक्राउ


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वैदेशिक रोजगारीमा पोर्चुगल पठाउने भन्दै ४ लाख  ८० रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौँको गौशालास्थित नेपाल लाइफ रिक्रमेण्ट एजेन्सी प्रालीका सञ्चालक शंकर लामाले काभ्रे बेथानचोकका आशिष थापालाई प्रोचुगलमा एग्रिकल्चरमा काम लगाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले उनालाई काठमाडौँको नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

लामाले सक्कल राहदानी, नागरिकता, ब्यालेन्स सर्टिफिकेट, बैंक स्टेटमेण्ट लगायतका सक्कल कागजात समेत लिएको आशिषले प्रहरीमा दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका लामालाई प्रहरीले ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धानका लागि प्रहरी परिसर काठमाडौँ पठाएको जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ६ : १५ बजे

नदी करिडोरमा पैदल यात्रीका लागि सार्वजनिक कुर्सी व्यवस्थापन गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले सडक किनारा, पार्क, नदीहरूका करिडोरमा पैदल यात्रीलाई

काठमाडौं- ८ : विराजभक्त र सुमनको टक्कर, कसले बाजी मार्ला

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौंमा चुनावी सरगर्मी

परराष्ट्रमन्त्री शर्मासँग गैरआवासीय नेपाली सङ्घको भेट

काठमाडौं– बाह्रौँ महाधिवेशन तथा अन्तरराष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा गैरआवासीय नेपाली सङ्घले

निर्वाचन आचारसंहिता लागू गराउन सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई पत्राचार

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय

फिल्म स्टारलाई पछि पारे बल्छीले, ‘भाइरल गोर्खे’ र ‘मिरमिरे’ लाखमै सीमित

काठमाडौं – यही माघ १ गतेबाट प्रदर्शनमा आएका तीन फिल्महरुमा