सुन, हिराका गरगहना र ल्यापटप चोरीमा संलग्न तीन जना पक्राउ « Khabarhub

सुन, हिराका गरगहना र ल्यापटप चोरीमा संलग्न तीन जना पक्राउ


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको टोखास्थित अरुण थापाको घरबाट सुन, हिराका गरगहना र ल्यापटप चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उक्त सामानहरु चोरो गर्ने दोलखाका १८ वर्षीय प्रिन्स श्रेष्ठ, चोरीका सामान विक्री गर्ने नुवाकोटका २३ वर्षीय बिबेक पण्डित र चोरीको सामान खरिद गर्ने तनहुँका ३७ वर्षीय विजय बिक रहेको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले गत असोज १ गते चोरी भएको घटनाको अनुसन्धानका क्रममा शुक्रबार उनीहरुका काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो । प्रहरीले चोरी भएको उक्त सुन तथा हिराका गरगहना र ल्यापटप समेत बरामद भएको जनाएको छ ।

 

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ६ : ४० बजे

सीमा नाकाका विद्युतीय पोलमा राष्ट्रिय झण्डा

रुपन्देही– रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय

हर्मोन असन्तुलनले चाँडै महिनावारी, झ्याप्प दाह्रीजुँगा

पछिल्लो समयको बदलिँदो खानपान, जीवन शैली र बढ्दो स्क्रिन टाइमले

कांग्रेस सभापति थापा आज सर्लाही जाँदै, कर्मैयामा भेटघाट कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन्

प्रचण्डलाई झलनाथको चेतावनी– ‘अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी