कांग्रेस दोलखाको सभापतिका लागि चार जना प्रतिस्पर्धामा « Khabarhub

कांग्रेस दोलखाको सभापतिका लागि चार जना प्रतिस्पर्धामा


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कांग्रेस दोलखाको १४औँ जिल्ला अधिवेशन आजदेखि चरिकोटमा सुरु भएको छ ।

कांग्रेस दोलखाले १४औँ महाधिवेशनअन्तर्गत दोलखाको सबै स्थानीय तह तथा क्षेत्रको निर्वाचन सकेर आजदेखि जिल्ला अधिवेशन सुरु गरेको छ । कांग्रेसका केन्द्रीय सदस्य जिपछिरिङ शेर्पाको उपस्थितिमा सदरमुकाम चरिकोटमा जिल्ला अधिवेशन सुरु गरेको हो ।

दोलखामा रहेको सात गाउँपालिका र दुई नगरपालिकामा अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन भई सकेपछि कांग्रेस केन्द्रको विवादले महाधिवेशनपछि धकेलिने र दुई चरणमा अधिवेशन गर्ने निर्णय भएसँगै जिल्ला अधिवेशन रोकिएको थियो ।

हिमाली जिल्लामा दशैँ अघि नै जिल्ला अधिवेशन सम्पन्न गरी सक्ने पुनः सर्कुलर भएपछि दोलखा कांग्रेसले क्षेत्रीय अधिवेशन सम्पन्न गर्दै जिल्ला अधिवेशन सुरु गरेको हो ।

सभापतिमा चारको उम्मेदवारी

कांग्रेस दोलखाको १४औँ जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा नयाँ नेतृत्व लिनका लागि चार जनाले उम्मेदवारी घोषण गरेका छन् ।

कांग्रेसको केन्द्रमा रहेको समूहको प्रत्यक्ष प्रभाव जिल्लामा समेत देखिएको छ । समूह नै निर्माण गरेर पार्टी सभापतिदेखि पदाधिकारी र महाधिवेशन प्रतिनिधिको उम्मेदवारी घोषणा गरिएको छ ।

संस्थापन पक्षका तर्फबाट हाल पार्टी सभापति रहुनभएका रुद्रबहादुर खड्का पुनः दोस्रो कार्यकालका लागि सभापति पदमा चुनाव लड्ने भएका छन् भने केन्द्रमा सिटौला समूह नजिक मानिने समूहबाट तारा खड्का चुनावी माहोलमा देखिएको छ ।

त्यस्तै वर्मा लामा र केशवराज चौलागाईंले समेत सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेसको सभापतिमा उम्मेदवारी घोषण गरेका चारै समूहले आफ्नो समूह बलियो रहेको दाबी गरेका छन् ।

सभापतिमा चारजना आकाङ्क्षी रहेको हुँदा पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत पुर्‍याउन नसकिने भएपछि दोस्रो तहको निर्वाचन निश्चित जस्तै भएको छ । केन्द्रीय नेता तथा भेग भूगोलका आधारमा नेताहरूले संस्थापन पक्षका रुद्र खड्कालाई समर्थन रहेको हुँदा अन्य नेताको तुलनामा पुनः सभापतिमा रुद्र खड्कालाई बलियो उम्मेदवारका रुपमा हेरिएको छ ।

क्षेत्रीय र स्थानीय अधिवेशन सम्पन्न

नेपाली कांग्रेस दोलखाले दुई निर्वाचन क्षेत्र र नौ स्थानीय तहमा अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ । क्षेत्र नं १ मा सर्वसम्मत रुपमा शुक्रराज तामाङ सभापति भएका छन् भने उपसभापतिमा सुवास तामा निर्वाचित भएका छन् । त्यस्तै क्षेत्र नं २ मा बुधबार भएको निर्वाचनमा चित्र दहाल सभापतिमा र विकास खड्का उपसभापतिमा निर्वाचित भएका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  १० : ५९ बजे

दोलखामा अतिक्रमित क्षेत्र व्यवस्थापन गर्ने बहस सुरु

दोलखा- दोलखा जिल्लामा अतिक्रमण भएको सार्वजनिक जग्गा फिर्ता गर्ने सन्दर्भमा

बाढीले कमला नदीको ‘डाइभर्सन’ बगाएपछि हुलाकी राजमार्ग अवरुद्ध

सिरहा- निरन्तरको वर्षासँगै आएको बढीले सिरहा र धनुषा जोड्ने कमला

एमालेभित्र पुनर्जागरण बहस, शीर्ष नेतृत्वलाई बिदा गरेर संरचना फेर्नुपर्ने युवा नेताहरूको माग

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) भित्र पुनर्गठन र

नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना

पेरिस- स्वास्थ्यमा समस्या आए पछि इरानका नोबेल शान्ति पुरस्कार विजेता

मुक्त कमैयालगायत समुदायका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी

कञ्चनपुर- कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरणमन्त्री गीता चौधरीले