कांग्रेस दोलखाको सभापतिका लागि चार जना प्रतिस्पर्धामा | Khabarhub Khabarhub

कांग्रेस दोलखाको सभापतिका लागि चार जना प्रतिस्पर्धामा


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कांग्रेस दोलखाको १४औँ जिल्ला अधिवेशन आजदेखि चरिकोटमा सुरु भएको छ ।

कांग्रेस दोलखाले १४औँ महाधिवेशनअन्तर्गत दोलखाको सबै स्थानीय तह तथा क्षेत्रको निर्वाचन सकेर आजदेखि जिल्ला अधिवेशन सुरु गरेको छ । कांग्रेसका केन्द्रीय सदस्य जिपछिरिङ शेर्पाको उपस्थितिमा सदरमुकाम चरिकोटमा जिल्ला अधिवेशन सुरु गरेको हो ।

दोलखामा रहेको सात गाउँपालिका र दुई नगरपालिकामा अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन भई सकेपछि कांग्रेस केन्द्रको विवादले महाधिवेशनपछि धकेलिने र दुई चरणमा अधिवेशन गर्ने निर्णय भएसँगै जिल्ला अधिवेशन रोकिएको थियो ।

हिमाली जिल्लामा दशैँ अघि नै जिल्ला अधिवेशन सम्पन्न गरी सक्ने पुनः सर्कुलर भएपछि दोलखा कांग्रेसले क्षेत्रीय अधिवेशन सम्पन्न गर्दै जिल्ला अधिवेशन सुरु गरेको हो ।

सभापतिमा चारको उम्मेदवारी

कांग्रेस दोलखाको १४औँ जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा नयाँ नेतृत्व लिनका लागि चार जनाले उम्मेदवारी घोषण गरेका छन् ।

कांग्रेसको केन्द्रमा रहेको समूहको प्रत्यक्ष प्रभाव जिल्लामा समेत देखिएको छ । समूह नै निर्माण गरेर पार्टी सभापतिदेखि पदाधिकारी र महाधिवेशन प्रतिनिधिको उम्मेदवारी घोषणा गरिएको छ ।

संस्थापन पक्षका तर्फबाट हाल पार्टी सभापति रहुनभएका रुद्रबहादुर खड्का पुनः दोस्रो कार्यकालका लागि सभापति पदमा चुनाव लड्ने भएका छन् भने केन्द्रमा सिटौला समूह नजिक मानिने समूहबाट तारा खड्का चुनावी माहोलमा देखिएको छ ।

त्यस्तै वर्मा लामा र केशवराज चौलागाईंले समेत सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेसको सभापतिमा उम्मेदवारी घोषण गरेका चारै समूहले आफ्नो समूह बलियो रहेको दाबी गरेका छन् ।

सभापतिमा चारजना आकाङ्क्षी रहेको हुँदा पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत पुर्‍याउन नसकिने भएपछि दोस्रो तहको निर्वाचन निश्चित जस्तै भएको छ । केन्द्रीय नेता तथा भेग भूगोलका आधारमा नेताहरूले संस्थापन पक्षका रुद्र खड्कालाई समर्थन रहेको हुँदा अन्य नेताको तुलनामा पुनः सभापतिमा रुद्र खड्कालाई बलियो उम्मेदवारका रुपमा हेरिएको छ ।

क्षेत्रीय र स्थानीय अधिवेशन सम्पन्न

नेपाली कांग्रेस दोलखाले दुई निर्वाचन क्षेत्र र नौ स्थानीय तहमा अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ । क्षेत्र नं १ मा सर्वसम्मत रुपमा शुक्रराज तामाङ सभापति भएका छन् भने उपसभापतिमा सुवास तामा निर्वाचित भएका छन् । त्यस्तै क्षेत्र नं २ मा बुधबार भएको निर्वाचनमा चित्र दहाल सभापतिमा र विकास खड्का उपसभापतिमा निर्वाचित भएका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  १० : ५९ बजे

मुलुकको समृद्धि नै संविधान र गणतन्त्रले राखेको अभिष्ट हो : राष्ट्रपति

 काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि

औषधि मूल्य समायोजन प्रतिवेदन सार्वजनिक नहुँदै व्यवसायी आन्दोलित, आफ्नो मात्र हित नहेर्न आग्रह 

औषधीको मूल्य नीति सुझाव समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाइएको

ड्यालसमा महावाणिज्य दूतावास सञ्चालन प्रक्रिया अघि बढ्यो

टेक्सास– नेपाल सरकारले अमेरिकाको टेक्सास राज्यको ड्यालस सहरमा स्थापना गर्न

काठमाडौं र ओखलढुंगाबाट आठ लाख बढीको धनमाल चोरी

काठमाडौं‍– काठमाडौंको टोखा नगरपालिका-४ धापासी डेरा गरी बस्ने गोरखा आरूघाट गाउँपालिका-५ घर

विष्णु पौडेलको गुनासो- कुनै बेला एमालेले सिट्ठी फुकेको भरमा हजारौँ मानिस सडकमा आउँथे, अहिले देखिनै छाडे

काठमाडौं- नेकपा एमलेका उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले