नेकपा (एस) लाई वैध मान्न सकिँदैन : ज्ञवाली « Khabarhub

नेकपा (एस) लाई वैध मान्न सकिँदैन : ज्ञवाली


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) सचिव प्रदीपकुमार ज्ञवालीले नेकपा एकीकृत समाजवादी पार्टीलाई वैध मान्न नसक्ने बताएका छन् । शुक्रबार एमालेको विधान महाधिवेशनको उद्घाटन सत्रपछि गोदावरीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमाले बिभाजन र नेकपा समाजवादीको गठन बिधिसम्वत नभएको र कानूनको बलमिच्चाइले भएको टिप्पणी गरे ।

उनले पार्टी बिभाजनका बिषयमा कानूनी प्रतिवाद गरिरहेकाले त्यसको निर्णय नआउदासम्म समाजवादी पार्टीलाई वैध मान्न नसक्ने बताए ।

उनले संसदको गतिरोधका विषयमा प्रधानमन्त्री र सभामुखसँग छलफल गर्न एमाले तयार रहेकोसमेत बताए । ज्ञवालीले सत्ता पक्ष र प्रतिपक्षीबीच न्युनतम समझदारी हुनुपर्ने भए पनि सत्तापक्षले तत्परता नदेखाएको आरोप लगाए ।

एमालेले सभामुख र प्रधानमन्त्रीले बोलाएको दुबै सर्वदलीय बैठक बहिस्कार गरेको थियो ।

एमाले बिभाजनका लािग सभामुखले भूमिका खेलेको भन्दै एमालेले संघीय संसदको दुवै सदनमा लगातार बिरोध गर्दै आएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ९ : १४ बजे

भोटेकोसी बाढीपछि उद्धारमा १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– रसुवास्थित भोटेकोसी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि प्रभावित

त्रिवि शिक्षण अस्पतालको अहिलेको अवस्था (तस्बिरहरू)

काठमाडौं– महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा रसुवा बाढीमा परेर घाइते भएका,

भोटेकोशी बाढी : बाराका १५ जना सम्पर्कविहीन

बारा– रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीपछि बाराका

घरमा बचेका सामान झिक्दै बाढीपीडित

काठमाडौं– क्षणभरमै भग्नावशेष बनेका घरमा बचेका सामान बाढीपीडित झिक्न थालेका छन्

भोटेकोशीको बाढीमा धादिङका ७९ जना सम्पर्कविहीन

धादिङ– रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि धादिङका ७९ जना अझै