नेकपा (एस) लाई वैध मान्न सकिँदैन : ज्ञवाली « Khabarhub

नेकपा (एस) लाई वैध मान्न सकिँदैन : ज्ञवाली


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) सचिव प्रदीपकुमार ज्ञवालीले नेकपा एकीकृत समाजवादी पार्टीलाई वैध मान्न नसक्ने बताएका छन् । शुक्रबार एमालेको विधान महाधिवेशनको उद्घाटन सत्रपछि गोदावरीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमाले बिभाजन र नेकपा समाजवादीको गठन बिधिसम्वत नभएको र कानूनको बलमिच्चाइले भएको टिप्पणी गरे ।

उनले पार्टी बिभाजनका बिषयमा कानूनी प्रतिवाद गरिरहेकाले त्यसको निर्णय नआउदासम्म समाजवादी पार्टीलाई वैध मान्न नसक्ने बताए ।

उनले संसदको गतिरोधका विषयमा प्रधानमन्त्री र सभामुखसँग छलफल गर्न एमाले तयार रहेकोसमेत बताए । ज्ञवालीले सत्ता पक्ष र प्रतिपक्षीबीच न्युनतम समझदारी हुनुपर्ने भए पनि सत्तापक्षले तत्परता नदेखाएको आरोप लगाए ।

एमालेले सभामुख र प्रधानमन्त्रीले बोलाएको दुबै सर्वदलीय बैठक बहिस्कार गरेको थियो ।

एमाले बिभाजनका लािग सभामुखले भूमिका खेलेको भन्दै एमालेले संघीय संसदको दुवै सदनमा लगातार बिरोध गर्दै आएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ९ : १४ बजे

‘महको माग बढ्दो छ, बिक्री गर्न बजारको समस्या छैन’

गण्डकी– कास्कीको पोखरा महानगर क्षेत्रमा दुई हजारभन्दा बढी व्यक्ति मौरीपालन

सामाजिक सञ्जालमा कानून विपरीत अभिव्यक्ति दिनेमाथि कारबाही गर्दै साइबर ब्यूरो

काठमाडौं – प्रहरीले सामाजिक सञ्जालमा कानून विपरीत अभिव्यक्ति दिएर भ्रमण

‘गोल घर’ संरक्षण गर्दै उद्योग वाणिज्य सङ्घ स्याङ्जा

स्याङ्जा– पछिल्ला वर्षहरूमा गाउँ तथा सहरमा पक्की घर बन्दै गएका

सीमा नाकाका विद्युतीय पोलमा राष्ट्रिय झण्डा

रुपन्देही– रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय