एमाले विधान महाधिवेशन : दस्तावेजमा छलफल गर्न १० वटा समूह « Khabarhub

एमाले विधान महाधिवेशन : दस्तावेजमा छलफल गर्न १० वटा समूह


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शुक्रबार सुरु भएको नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा प्रस्तुत दस्तावेजहरुमाथि माथि छलफल गर्न १० वटा समूह गठन भएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिब ईश्वर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र उपमहासचिब विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल गरिने भएको हो ।

शुक्रबार महाधिवेशनको पहिलो दिन उद्घाटन सत्रपछि तीनवटा दस्तावेज प्रस्तुत गरिएको छ । ती दस्तावेज प्रस्तुतपछि समूह गठन गरिएको हो ।

प्रतिबेदनमाथि शनिबार २ बजेसम्म समूहगत छलफल गरिने छ । समूहगत छलफल सकिएपछि फेरि पूर्ण बैठक बस्नेछ । सो बैठकमा समूहको निष्कर्ष सुनाइने छ । समूहको निष्कर्षपछि आइतबार महाधिवेशन सकिने छ।

१० वटा समूहलाई सहजीकरण गर्न २० जना नेतालाई जिम्मेवारी दिइएको छ । प्रदेश १ को समूहको सहजीकरण सुवास नेम्वाङ र भीम आचार्यले गर्नेछन् । प्रदेश २ को समूहको सहजीकरण सत्यनारायण मण्डल र रघुविर महासेठले गर्नेछन् ।

यस्तै, बागमती प्रदेश समूहको सहजीकरण अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा बादलले गर्नेछन् भने गण्डकी प्रदेश समूहको सहजीकरण पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङले गर्नेछन् ।

यस्तै लुम्बिनी प्रदेश समूहको सहजीकरण विष्णु पौडेल र शंकर पोखरेलले गर्नेछन् भने कर्णाली प्रदेश समूहको सहजीकरण युवराज ज्ञवाली र यामलाल कँडेलले गर्नेछन् । सुदूरपश्चिम प्रदेश समूहको सहजीकरण भीम रावल र लेखराज भट्टले गर्नेछन् ।

उपत्यका विशेष कमिटी सम्पर्क समूह र प्रवास समूहको सहजीकरण छबिलाव विश्वकर्मा र राजन भट्टराईले गर्नेछन्। जनसंगठन समूहको सहजीकरण गोकर्ण विष्ट र टोपबहादुर रायमाझीले गर्नेछन् ।

यस्तै, केन्द्रीय निकाय र विभाग समूहको सहजीकरण अमृत बोहरा र पुष्प कँडेलले गर्नेछन् ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ७ : ४२ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी