श्रीलङ्कामा अर्थतन्त्रलाई पुनर्जीवित गर्न गभर्नरद्वारा छ महिने रोडम्याप प्रस्तुत « Khabarhub

श्रीलङ्कामा अर्थतन्त्रलाई पुनर्जीवित गर्न गभर्नरद्वारा छ महिने रोडम्याप प्रस्तुत


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– श्रीलङ्काको केन्द्रीय बैंक (सीबीएसएल) का नवनियुक्त गभर्नर अजिथ निवार्द काबरालले शुक्रबार अनलाइन प्रस्तुतिमा देशको अर्थतन्त्रलाई पुनर्जीवित गर्न छ महिने रोडम्याप सार्वजनिक गरेका छन् ।
सरकारले निर्यातकर्तालाई आफ्नो डलरको राजस्व अनिवार्य रुपमा रुपान्तरण गर्ने नियमलाई बलियो बनाउने काबरालले बताएका छन् ।

उनले आफ्नो नाफा फिर्ता नलिने र रूपान्तरण नगर्ने निर्यातकर्तामाथि दोहोरो कर लगाउन सरकारलाई अनुरोध गर्ने बताए । विदेशी मुद्रा लेनदेनको राम्रो अनुगमन गर्न सीबीएसएलले अन्तर्राष्ट्रिय लेनदेन रिपोर्टिङ सिस्टम (आईटीआरएस) स्थापना गर्ने पनि उनले बताए । क्याबरालले इलेक्ट्रोनिक्स र पोसाकजस्ता गैर–आवश्यक आयातमा लगाइएको १०० प्रतिशत नगद सीमा कम गर्ने घोषणा पनि गरेका छन् ।

यसैबीच, श्रीलङ्कामा जनवरी २०२२ मा बाहिरी लगानी र आवागमनको सीमा पूर्णरूपमा हट्ने बताइएको छ । उनले भने, “कोभिड–१९ महामारीको दौडान गरिएको मौद्रिक उत्तेजना बिस्तारै स्वभाविक हुनेछ र सरकारले आफ्नो सार्वभौमिक रेटिङ सुधार गर्न प्रयास गर्नेछ ।”

उनले वित्तीय कम्पनीहरूलाई निरुत्साहित र तरल अवस्थामा सययोग जारी रहने बताए । सरकारले २०२२ मा परिपक्व अन्तरराष्ट्रिय सार्वभौम बन्डहरू (आईएसबी) फिर्ता लिने सोच रहेको पनि बताए । उनले आइएसबीको सट्टा सरकारी ऋण लिइने बताए । सिन्ह्वा

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ९ : ०१ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल