श्रीलङ्कामा अर्थतन्त्रलाई पुनर्जीवित गर्न गभर्नरद्वारा छ महिने रोडम्याप प्रस्तुत « Khabarhub

श्रीलङ्कामा अर्थतन्त्रलाई पुनर्जीवित गर्न गभर्नरद्वारा छ महिने रोडम्याप प्रस्तुत


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– श्रीलङ्काको केन्द्रीय बैंक (सीबीएसएल) का नवनियुक्त गभर्नर अजिथ निवार्द काबरालले शुक्रबार अनलाइन प्रस्तुतिमा देशको अर्थतन्त्रलाई पुनर्जीवित गर्न छ महिने रोडम्याप सार्वजनिक गरेका छन् ।
सरकारले निर्यातकर्तालाई आफ्नो डलरको राजस्व अनिवार्य रुपमा रुपान्तरण गर्ने नियमलाई बलियो बनाउने काबरालले बताएका छन् ।

उनले आफ्नो नाफा फिर्ता नलिने र रूपान्तरण नगर्ने निर्यातकर्तामाथि दोहोरो कर लगाउन सरकारलाई अनुरोध गर्ने बताए । विदेशी मुद्रा लेनदेनको राम्रो अनुगमन गर्न सीबीएसएलले अन्तर्राष्ट्रिय लेनदेन रिपोर्टिङ सिस्टम (आईटीआरएस) स्थापना गर्ने पनि उनले बताए । क्याबरालले इलेक्ट्रोनिक्स र पोसाकजस्ता गैर–आवश्यक आयातमा लगाइएको १०० प्रतिशत नगद सीमा कम गर्ने घोषणा पनि गरेका छन् ।

यसैबीच, श्रीलङ्कामा जनवरी २०२२ मा बाहिरी लगानी र आवागमनको सीमा पूर्णरूपमा हट्ने बताइएको छ । उनले भने, “कोभिड–१९ महामारीको दौडान गरिएको मौद्रिक उत्तेजना बिस्तारै स्वभाविक हुनेछ र सरकारले आफ्नो सार्वभौमिक रेटिङ सुधार गर्न प्रयास गर्नेछ ।”

उनले वित्तीय कम्पनीहरूलाई निरुत्साहित र तरल अवस्थामा सययोग जारी रहने बताए । सरकारले २०२२ मा परिपक्व अन्तरराष्ट्रिय सार्वभौम बन्डहरू (आईएसबी) फिर्ता लिने सोच रहेको पनि बताए । उनले आइएसबीको सट्टा सरकारी ऋण लिइने बताए । सिन्ह्वा

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ९ : ०१ बजे

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रमाणको मिसिल झिकाउन जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

नेविसंघका अध्यक्ष शेर्पा कार्यकाल सकेर भए बिदा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)

कर्मचारीलाई सरकारले भन्यो : तत्काल ट्रेड युनियनका कार्यालय बन्द गरेर तोकिएको काममा फर्किनू

काठमाडौँ । सरकारले ट्रेड युनियनका सबै कार्यालयहरू तत्काल बन्द गर्न