बिना मेहनत यसरी घटाउनुहोस् आफ्नो मोटोपन « Khabarhub

बिना मेहनत यसरी घटाउनुहोस् आफ्नो मोटोपन


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

फिट रहन कसलाई मन नहोला र ? तर व्यस्त जीवनशैली र घर बाहिरका खानेकुराको सेवनका कारण मानिस जति नै सजग भए पनि फिट रहन सक्दैन । फलतः मानिसमा मोटोपनको समस्या देखिन्छ ।

घर बाहिरका तारेको, भुटेको, चिल्लो र मसलादार खानेकुराको सेवन गर्ने अनि शारीरिक परिश्रम नगर्ने मानिसमा तौल बढ्ने समस्या बढी देखिन्छ । यस्तोमा मोटोपन हुनबाट कसरी बच्न सकिन्छ त ?

– बिहानको खाजा अनिवार्य खानु पर्दछ । खाना खान ढिला हुँदा यसले शरीरमा ऊर्जाको स्तरलाई कायम राखेको हुन्छ । जसका कारण मेटाबोलिजम माथि नराम्रो असर पर्दैन ।

– हरेक दिन बिहान उठ्ने बित्तिकै दैनिक एक गिलास मनतातो कागती पानी पिउने । यसले पाचन क्रिया बलियो हुनुका साथै तौल घटाउन सहयोग गर्दछ ।

– दिउँसो अनुकूल समयमा सलाद धेरै मात्रामा खानु पर्दछ । यसले पेट चाँडै भरिन्छ जसका कारण अतिरिक्त खानबाट बचिन्छ ।

– कार्यालयमा रहँदा होस् वा काम गरिरहेका बेला उच्च क्यालोरीयुक्त स्न्याक्स खानु हुँदैन । यसले शरीरमा फ्याट कम गर्न सहयोग गर्छ ।

– काम गरेका बेला धेरै दूध वा चिनी भएको चिया खानु हुँदैन । त्यसको साटो कालो वा ग्रिन टी तीन पटकसम्म खान सकिन्छ । यी दुवै चियाले तौल घटाउन सहयोग गर्दछ ।

– कार्यालय समयमा हरेक एक वा दुई घण्टापछि १० मिनेट टहल्नुहोस् । यसले खाना सही तरिकाले पच्ने गर्दछ भने तौल घट्नेछ ।

– दिनभरिको कामपछि दैनिक न्यूनतम ७ घण्टा सुत्नु पर्दछ । यसले भोक बढाउने हर्मोन बढ्न दिँदैन । तौल घटाउन पनि सहयोग गर्दछ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ६ : १५ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर