कुवेत र बहराइनमा नेपाली कामदारको लागि नि:शुल्क स्वास्थ्य परीक्षण  « Khabarhub

कुवेत र बहराइनमा नेपाली कामदारको लागि नि:शुल्क स्वास्थ्य परीक्षण 


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – कुवेतमा तीन सय जना नेपालीको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतले नेपाली कामदारको स्वास्थ्यलाई मध्यनजर गर्दै नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरेको हो ।

एनआरएनएले कुवेतको साल्मियास्थित मेट्रो स्पेस्लाइज्ड हस्पिटलसँगको सहकार्यमा सञ्चालन गरेको नि:शुल्क स्वास्थ्य शिविरबाट ३ सय बढी नेपाली कामदारले नि:शुल्क स्वास्थ्य सेवा लिएको एनआरएनए कुवेतका अध्यक्ष रानाध्वज लामाले जानकारी दिएका छन् ।

कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न स्वास्थ्य शिविरमा कानुनी तथा गैर कानुनी रूपमा कुवेतमा कार्यरत नेपाली कामदारलाई सिभिल आइडी र राहदानीको आधारमा निःशुल्क स्वास्थ्य सेवा दिइएको अध्यक्ष लामाले बताए ।

उक्त स्वास्थ्य शिविरमा एक्सरे,अल्ट्रासाउन्ड र केहीले डाक्टरको सल्लाह बमोजिम पीसीआर परीक्षणको समेत सुविधा लिएका छन् भने अधिकांश नेपालीहरूमा मधुमेह, कोलोस्टोर, रक्तचाप र पिसाब सम्बन्धी समस्या देखिएको उनले बताए ।

नेपालीहरूलाई आवश्यकता अनुसारका परीक्षण गरी रिपोर्ट दिने साथमा औषधी र फलोअप जाँचमा २० प्रतिशत छुटको ब्यबस्था गरिएको थियो ।

यसैगरी गैर आवासीय नेपाली संघ बहराइनले पनि त्यहाँस्थित अल हिलाल अस्पतालसँगको सहकार्यमा नेपाली कामदारहरूका लागि निःशुल्क स्वास्थ्य शिविरमा सञ्चालन सम्पन्न गरेको छ ।

उक्त स्वास्थ्य शिविरबाट सेवा लिन नसकेकाहरुका लागि बिहीबार अर्थात् नोभेम्बर ४ तारिखसम्म अल हिलाल अस्पतालमा निःशुल्क स्वास्थ्य परीक्षणको सुविधा रहेको जनाइएको छ ।

संघका अनुसार अल हिलाल अस्पतालको कुनै पनि शाखामा गई सो समयसम्म यो सुविधा लिन सकिनेछ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ८ : ५७ बजे

शिक्षण पेसाबाट कृषक बनेका निश्चल भन्छन्- धेरै वर्ष सेवा गरेँ, अब कृषिमा समय बिताउँछु

काठमाडौं– हेटौंडाको पदमपोखरी -१३ को एक शान्त साझ, फेन्चु लामा

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने संकेत

एजेन्सी– अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको छ ।

केपी ओलीको शल्यक्रिया सकियो, आइसियुमा सारिँदै

काठमाडौं–   पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरी सम्बन्धी शल्यक्रिया सफलता पूर्वक

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको पत्थरीको

वैशाख महिनाका लागि घट्यो वाणिज्य बैंकहरूमा व्यक्तिगत निक्षेपको ब्याजदर

काठमाडौं– वाणिज्य बैंकहरूले आगामी २०८३ वैशाख महिनाका लागि नयाँ ब्याजदर