शरणार्थी कि घुसपैठिया ! आवश्यक छ कडा निगरानी | Khabarhub Khabarhub

शरणार्थी कि घुसपैठिया ! आवश्यक छ कडा निगरानी



आखिर केही सीमित व्यक्तिहरूको निहित स्वार्थका कारण नेपाल र भारतका लाखौँ सर्वसाधारण नागरिक अनाहकमा सीमा वारपार गर्न परिचयपत्र बोक्नुपर्ने अवस्था सिर्जना भएको छ । नेपाल सरकारले भारतीय सीमाबाट नेपाल प्रवेश गर्नेहरूको निम्ति परिचयपत्र अनिवार्य गरेका कारण सुरुमा समस्या उत्पन्न हुने निश्चित छ ।

पछिल्लो समय म्यानमार (बर्मेली) रोहिङ्ग्या र अफगानी नागरिक आफ्नो देश छोडेर भारतको बाटो हुँदै नेपाल प्रवेश गरिरहेका पाइएका कारण नेपाल सरकारले यस्तो निर्णय लिनु परेको हो भन्ने प्रष्ट छ ।

विगत साढे सात वर्षदेखि भारतमा राष्ट्रवादी भारतीय जनता पार्टी नेतृत्वको सरकार रहेकोले भारतमा शरण लिनु वा लुकेर बस्नु विदेशी शरणार्थी र घुपैठियाहरूको निम्ति सहज छैन । यसकारण उनीहरू नेपाली र विदेशी मानव तस्करहरूको सहयोगमा नेपाल प्रवेश गरिरहेका छन् ।

नेपालीभाषी भुटानी शरणार्थीहरूका कारण नेपालले करिब तीन दशकदेखि विभिन्न थरीका समस्या झेल्दै आएको छ । धार्मिक, सांस्कृतिक एवम् भाषिक एकरूपताका कारण भुटानी शरणार्थीहरूको क्रियाकलापबाट बढी तनाव लिनुपर्ने अस्था रहेन तर अफागनिस्तान, बङ्गलादेश र म्यानमारबाट आउनेहरूले भोलिका दिनमा नेपालभित्र गम्भीर धार्मिक एवम् सांस्कृतिक संकट पनि निम्त्याउन सक्नेछन् ।

यस्ता शरणार्थी वा घुसपैठियाहरूबाट हाम्रो धर्मसंस्कृतिमा समेत प्रतिकूल प्रभाव पर्न सक्नेछ । यस दिशामा सरकारको ध्यान जानु आवश्यक छ ।

शरणार्थीका नाममा आफगानी र रोहिङ्ग्याहरू नेपाल पस्न थालेका छन् । सरकारले भारतसँगको सीमामा परिचयपत्र हेर्नू भनेको छ । यस्ता मान्छे भित्र्याउन नेपाली पनि सक्रिय रहेको फेला परेको छ । हाम्रो भविष्य सङ्कटमा पर्न सक्छ । 

भारतको नक्कली आधार कार्ड बनाएर नेपाल प्रवेश गरेकाहरूले नक्कली नेपाली पचिरयपत्र पनि बनाउन सक्नेछन् । यसतर्फ पनि हाम्रो ध्यान जानु आवश्यक छ ।

म्यानमारबाट रोहिङ्ग्या शरणार्थीहरूलाई अमेरिका लैजाने भन्दै बङ्गलादेशबाट नेपाल भित्र्याउने तीन व्यक्ति एक महिनाअघि काठमाडौँमा पक्राउ परे । यीमध्ये एक जना बङ्गलादेशी नागरिक थिए ।

तीन जना मिलेर १४ जना रोहिङ्ग्याहरूलाई नेपाल भित्र्याएका थिए । बङ्गलादेशीहरूको भूमिका नेपालमा सधैँ सन्दिग्ध पाइएको छ ।
अहिले धेरैजसो देशहरूमा शरणार्थी संकटको समस्या छ । संयुक्तराष्ट्र संघीय शरणार्थी आयोगले मानवीयताका आधारमा संरक्षण दिन आह्वान गर्ने गरेको भए पनि नेपालजस्तो संवेदनशील भूराजनीतिक अवस्थितिको देशले किन शरण र संरक्षण दिने भन्ने कुरामा सरकार प्रष्ट हुनुपर्छ ।

शरणार्थी र घुसपैठियाबीचको अन्तर बुझ्नु पनि आवश्यक छ । ‘अतिथि देवो भवः’ हाम्रो सनातन धर्ममा प्रचलित पुरानो मान्यता हो । शरणर्थीहरू चाहिँ यस्ता अतिथि हुन्छन् कि उनीहरूले भविष्यमा शरण दिने देशमै नागरिकता खोज्न थाल्छन्, स्थायी बासिन्दा हुन खोज्छन् ।
भुटानमा त्यहाँको राज्यसत्ताको विरोध गर्दै आफ्नो राजनीतिक र आर्थिक अधिकारको निम्ति संघर्ष गरेबापत देश छोड्न बाध्य पारिएका नेपालीभाषी भुटानीहरू एक लाखको हाराहारी नेपाल आए । धार्मिक, भाषिक एवम् सांस्कृतिक एकरूपता तथा रहनसहनका कारण उनी हाम्रै समाजका अङ्गजस्तै बनेर बस्न सके ।

पछि थोरै परिवार भुटान फर्किए । धेरैलाई शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्च आयोग (यूएनएचसीआर) ले स्थायी बसोबासका लागि पश्चिमा मुलुक लैजाने प्रबन्ध मिलायो । अधिकांश परिवार विकसित मुलुकमा गए ।

नेपालमा आमाको नामबाट पनि नागरिकता दिन सकिने प्रावधान लागु भइरहेको अवस्थामा अनेक खाले शरणार्थीहरूले कतै नेपाली चेलीबेटीलाई आफ्नो मायाजालमा फसाएर सन्तानलाई नेपाली नागरिकता दिलाउने, कुनै दिन आफू पनि नेपाली नागरिक बन्ने खेल त सुरु गर्ने होइनन् ! यसतर्फ पनि सरकार सचेत हुन आवश्यक छ ।

अझै पनि केही भूटानी शरणार्थीहरू नेपालमा छन् । भुटानीहरू सही अर्थमा शरणार्थी नै थिए र शरणार्थी जीवन नै बिताए ।

करिब तीन दशकअघि झापा जिल्लाको एक नगरपालिकामा आफ्ना समर्थक मतदाताको संख्या बढाउने लोभमा एक जना मेयरले एक हजारजति बङ्गलादेशीहरूलाई त्यहाँको मतदाता बनाउन र पछि नेपाली नागरिक समेत बनाउनमा सहयोग गरेका थिए । अर्को निर्वाचनमा उनी पराजित भए ।

तिनै पराजित मेयर ती नवनागरिकको नागरिकता खारेज हुनुपर्ने माग गरिरहेका छन् । यस्ता अवसरवादी जनप्रतिनिधिहरू र नयाँ मतदाता अन्य ठाउँमा पनि हुन सक्छन् ।

पैसाको लोभमा परेर हिन्दु एवम् बुद्ध धर्म परित्याग गरी इसाई धर्म स्वीकार गरेका कतिपय नेपालीहरूले पाशुपत क्षेत्रको जङ्गलमा समाधिका निम्ति जग्गा पाउनुपर्ने गर्नुपर्ने माग गरेका थिए ।

दक्षिणी छिमेकी भारतमा केही वर्षअघि नागरिकता संशोधन विधेयक र राष्ट्रिय नागरिक सूची हुनु हुँदैन भन्ने माग गर्दै विरोध प्रदर्शन भएको थियो । भनिन्छ, त्यस्तो प्रदर्शन गर्नेहरूमा म्यानमानर र बङ्गलादेशबाट आएका रोहिङ्ग्या शरणर्थीहरू निकै ठूलो संख्यामा थिए ।

राजनीतिक दलका नेताहरू त अधिकांश देशमा एकै प्रकृतिका हुन्छन्, तिनलाई केबल आफ्नो भोटको चिन्ता हुने गर्छ । भारतमा पनि रोहिङ्ग्या मुसलमानहरूलाई आफ्नो भोट ठानी तिनको पक्षमा उभिने राजनीतिक दलहरू छन् ।

विदेशीको दबाबमा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषित गरी हिन्दु राष्ट्रको मान्यता समाप्त पार्ने काम भएको छ । धर्मनिरपेक्षताका नामम धार्मिक आस्थाको आधारमा बेग्लै कानून बनाउन पनि माग हुन थालेको छ ।

नेपालमा आमाको नामबाट पनि नागरिकता दिन सकिने प्रावधान लागु भइरहेको अवस्थामा अनेक खाले शरणार्थीहरूले कतै नेपाली चेलीबेटीलाई आफ्नो मायाजालमा फसाएर सन्तानलाई नेपाली नागरिकता दिलाउने, कुनै दिन आफू पनि नेपाली नागरिक बन्ने खेल त सुरु गर्ने होइनन् ! यसतर्फ पनि सरकार सचेत हुन आवश्यक छ ।

अफगानिस्तानी र म्यानमारका रोहिङ्ग्याहरूलाई नेपाल भित्र्याइरहेका तथा यसमा प्रत्यक्ष वा परोक्षरूपमा सामेल सबैमाथि मानव तस्करीको कठोर मुद्दा चलाउनु पर्छ ।

आधुनिकताका नाममा पश्चिमा देशहरूको नक्कल गर्दा गर्दै हामी पतनको पराकाष्ठामा पुग्नथालेका छौँ । गृहमन्त्रालयले एउटा विज्ञप्ति जारी गरी परिचयबिनाका कसैलाई पनि घर, कोठा अपार्टमेन्ट भाडामा नदिन घरधनीहरूलाई आग्रह गरेको छ ।

परिचयपत्रबिनाका कसैलाई पनि काममा नलगाउन पनि सरकारले आग्रह गरेको छ । शरणार्थीको रूपमा लुकीछिपी आउनेहरू होटलमा कोठा लिएर बस्दैनन्, यसमा सरकारको ध्यान जानुपर्छ ।

दक्षिणी सीमाना क्षेत्रमा तैनाथ नेपाली सुरक्षाकर्मीहरू दैनिक प्रयोगका सामान ल्याउने व्यक्तिहरू र कम पुँजीका किराना व्यापारीको सामानको चेकजाँच गर्नमा बढी व्यस्त हुने गरेका छन् । घुसपैठियाहरूको चेकजाँच गर्ने बलियो संयन्त्र छैन ।

अफगानिस्तानी र म्यानमारका रोहिङ्ग्याहरूलाई नेपाल भित्र्याइरहेका तथा यसमा प्रत्यक्ष वा परोक्षरूपमा सामेल सबैमाथि मानव तस्करीको कठोर मुद्दा चलाउनु पर्छ ।

आगामी दिनमा राष्ट्रविरोधी क्रियाकलाप गर्ने साहस कसैले पनि जुटाउन नसक्ने गरी कठोर सन्देश जानुपर्छ ।

हिन्दु धर्मसंस्कृतिमाथि चारैतिरबाट प्रहार भइरहेको अवस्थामा हामी सतर्क हुनु आवश्यक छ । मानव तस्करमाथि कठोर कारबाहीको खाँचो छ । साँच्चैका शरणार्थी र घुसपैठिया चिन्न आवश्यक छ । हाम्रो शरणार्थीसम्बन्धी नीति कडा हुन पनि उत्तिकै आवश्यक छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ९ : ०९ बजे

दक्षिणपूर्वी ब्राजिलमा बस दुर्घटना हुँदा ३८ जनाको मृत्यु

साओ पाउलो- दक्षिणपूर्वी ब्राजिलमा भएको बस दुर्घटनामा परी कम्तीमा ३८

४४ नम्बरकी प्रतिवादी निकिता : घरदेखि बैंकको रकमसमेत जफत गर्न माग

काठमाडौं- सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी

विद्यार्थी हिँड्ने बाटो बनाउँदा पनि भ्रष्टाचार, रुवीभ्यालीका पूर्वअधिकृतसहित आठविरुद्ध मुद्दा

काठमाडौं – विद्यालयसम्म पुर्‍याउने बाटो निर्माणमा समेत अनियमितता गरेको भेटिएपछि

रवि लामिछानेले मौकामा गरेको बयान (पूर्णपाठ)

काठमाडौं- कास्की जिल्ला प्रहरी कार्यालयले तयार पारेको पूरक प्रतिवेदन ४२७

पेट्रोल इन्जिन सवारी साधनको आयात बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा गत आर्थिक वर्षको