आज २०८३ साल वैशाख २१ गते सोमबारको राशिफल   « Khabarhub

आज २०८३ साल वैशाख २१ गते सोमबारको राशिफल  


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  आज २०८३ साल वैशाख २१ गते सोमबार। जेठ कृष्ण पक्षको तृतीया तिथि । तदनुसार सन् २०२६ मे ४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ । आम्दानीका क्षेत्रमा घाटा हुनसक्ने जोखिम छ । मन शान्त बन्नेछ । रचनात्मक काममा मन जानेछ । तपाईंको कला प्रदर्शन गर्ने दिन छ । सन्तानबाट सुख प्राप्त हुनेछ ।

वृष : शुभ दिन छ । डुब्न लागेको धन प्राप्त हुनेछ । आफन्त र साथीले सहयोग गर्नेछन् । स्वास्थ्यमा सुधार हुनेछ । विपक्षी शान्त रहेकाले सोचेको काम बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । छोटो दूरीको सुखद् यात्रा गर्ने अवसर मिल्नेछ ।

मिथुन : दिन सामान्य छ । आज प्रियजनसँगको भेटले मनमा खुसी मिल्नेछ । परिवारसँगको सम्बन्ध सुधार हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुने दिन छ । आम्दानीका स्रोत भेटिनेछन् । व्यापारमा नाफा होला।

कर्कट : तपाईंको बोलीको प्रभाव बढ्नेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । धन प्राप्त हुनेछ । राज्यको साथमा महत्त्वपूर्ण काम बन्नेछ । खानपानमा ख्याल नगरे रोगले दु:ख दिने जोखिम छ । लगानीका क्षेत्रमा सचेत बन्नुपर्नेछ ।

सिंह : दिन सामान्य छ । समय  तपाईं अनुकुल नभएकाले काम गर्दा सचेत हुनुपर्ने छ । लगानीका क्षेत्रबाट फाइदा हुनेछ । मन शान्त बन्नेछ । दाम्पत्य जीवन सुखमय बन्नेछ । बोली र व्यवहारमा एकरुपता नहुँदा विवाद बढ्ने भएकाले बोल्दा सचेत बन्नुपर्ने दिन छ ।

कन्या : बोलीको प्रभावले काम बन्नेछ । मनमा कुरा गुम्स्याएर राख्नु भन्दा सार्वजनिक गर्नु उचित हुनेछ । यात्रामा खर्च बढ्नेछ । स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने समय छ । आज शिक्षाको क्षेत्रमा भने फाइदा हुने दिन छ ।

तुला : दिन राम्रो छ । व्यापारमा लाभ प्राप्त हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । दाम्पत्य जीवन सफल बन्ने योग छ । प्रेम सम्बन्धमा भए साथ र सहयोग विशेष बन्ने योग छ । राजनीतिमा भने हात नहालेको ठिक हुने देखिन्छ ।

वृश्चिक : दिन सहज छ । स्वास्थ्यमा सुधार भएकाले मनमा खुशी मिल्नेछ । राज्यका उच्च अधिकारीले तपाईंलाई साथ दिनेछन् । सहकर्मीले भन्दा बाहिरका साथीले तपाईंको प्रशंसा गर्नेछन् ।

धनु : आज यात्रा जाने भए सफल बन्नेछ । विवेक प्रयोग गरेर सुरुवात गरेको काममा घाटा नहुने योग छ । धार्मिक क्षेत्रको भ्रमणका लागि अवसर प्राप्त हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकर: व्यापारमा फाइदा हुनेछ । दाम्पत्य जीवन सुखमय बन्नेछ । सानो कुरामा ठुलो झन्झट बढ्नेछ । संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

कुम्भ : स्वास्थ्यको विशेष ख्याल राख्नुपर्ने समय छ । मन अशान्त हुने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्नेछ । आकस्मिक रुपमा सञ्चित धन खर्च गर्नुपर्नेछ । पिपलको दर्शन मात्र गरेमा दिन सहज बन्नेछ।

मीन : शिक्षामा सुधार हुनेछ । मन शान्त रहनेछ । शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्ने समय आएको छ । विपक्षी साथी शान्त भएकाले सहजै काम बन्नेछ । खर्च बढ्ने भएकाले सचेत हुनुपर्ने छ । संकटमा साथीको साथ मिल्नेछ ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ५ : २४ बजे

लिपुलेक बारे भारतको प्रतिक्रिया- कैलाश यात्राका लागि यो ऐतिहासिक मार्ग हो

नयाँ दिल्ली– भारतले लिपुलेक पास कैलाश मानसरोवर यात्राका लागि ऐतिहासिक

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९सोमबार०का लागि विदेशी मुद्राको

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ –  आज २०८३ साल वैशाख २१ गते सोमबार। जेठ

आज २०८३ साल वैशाख २१ गते सोमबारको राशिफल  

काठमाडौँ –  आज २०८३ साल वैशाख २१ गते सोमबार। जेठ

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता