चुनाव जित्नु ‘ठूलो कुरा’ : जापानी प्रधानमन्त्री « Khabarhub

चुनाव जित्नु ‘ठूलो कुरा’ : जापानी प्रधानमन्त्री


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) का अध्यक्ष समेत रहेका जापानी प्रधानमन्त्री फुमियो किशिदाले संसदको तल्लो सदनमा आफ्नो पार्टीले चुनाव जित्नु ठूलो कुरा भएको बताएका छन् ।

कोमेटो पार्टीसँगको गठबन्धनमा एलडीपीले कुल ४६५ सिटमध्ये २९३ सिट जितेको छ भने एलडीपी एक्लैले २६१ सिट जितेको छ ।

‘हाम्रो पार्टीले राजनीतिक शक्तिका लागि चुनावमा आधाभन्दा बढी मत प्राप्त गर्न सफल भएको छ यो ठूलो कुरा हो। हामी यसलाई हाम्रो राजनीतिक र संसदीय नेतृत्वमा प्रयोग गर्न चाहन्छौं,’ एनएचके टिभीले किशिदालाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

पार्टीको जितले अब तल्लो संसदीय सदनका सान्दर्भिक समितिका नयाँ अध्यक्षहरू नियुक्त गर्न र त्यसमा पार्टी आफैंले सबैभन्दा बढी सिट प्राप्त गर्ने सुनिश्चित गर्न सक्नेछ भन्ने हो, किशिदाले भने ।

जापानको तल्लो संसदीय सदनको निर्वाचन आइतबार सम्पन्न भएको छ । देशको प्रमुख प्रतिपक्षी दल संवैधानिक लोकतान्त्रिक पार्टीले ९६ सिट प्राप्त गरेको छ । प्रतिनिधि सभाका लागि नौ दलका एक हजार ५१ उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  १२ : ४५ बजे

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा

अहिले जित्न नसके १६ औँ महाधिवेशनमा जितेर देखाउँछु : राठौर

काठमाडौं– नेपाली कांग्रेसका नेता किशोर सिंह राठौर निर्वाचन आयोग र सर्वोच्चले

गाजा युद्धसँगै गहिरिँदो इजरायली सुरक्षा संकट

एजेन्सी– गाजामा भएको ठूलो विनाशलाई विश्वका धेरै मानिसले मानवीय त्रासदीका