भारतीय दूतावासको अग्रसरतामा ‘आरोग्य सप्ताह’ शुरू « Khabarhub

भारतीय दूतावासको अग्रसरतामा ‘आरोग्य सप्ताह’ शुरू


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आयुर्वेद दिवसको उपलक्ष्यमा भारतीय राजदूतावासको अग्रसरतामा ‘आरोग्य सप्ताह’ शुरू भएको छ ।

नेपालमा आयुर्वेद दिवस (धन्वंतरी जयन्ती) राष्ट्रिय आरोग्य दिवसको रूपमा पनि मनाइँदै आएकोमा दूतावाससहित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र,र आयुर्वेद क्याम्पस, चिकित्सा शास्त्र अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयले संयुक्त रुपमा ‘आरोग्य सप्ताह’ को आयोजना गरेका हुन् ।

उक्त सप्ताहव्यापी उत्सवको अवसरमा ‘आरोग्यको लागि आयुर्वेद–सम्भावना र चुनौती’ शीर्षकमा एक अन्तर्राष्ट्रिय वेबिनारको आयोजना भएको छ ।  वेबिनारमा भारत, नेपाल र अन्य देशका करिब २०० जना विज्ञ र विद्यार्र्थीको सहभागीता थियो ।

कार्यक्रममा सहभागी भएका भारतीय दूतावासका प्रेस, सूचना तथा संस्कृति प्रभागका सचिव नवीन कुमारले  कोभिड–१९ महामारीको समयमा आयुर्वेदको उपयोगिताबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा.शिवलाल भुसाल,  चिकित्साशास्त्र अध्ययन संस्थानका सहायक डिन प्रा डा प्रदीप वैद्य, आयुर्वेद क्याम्पसका क्याम्पस प्रमुख डा शिव मंगल प्रसाद लगायत अन्य शिक्षाविद्हरुको उपस्थिति रहेको थियो ।

अष्टांगम आयुर्वेद चिकित्सालयम र विद्यापीठम, केरला, भारतका प्रधानाध्यापक र प्रमुख चिकित्सक प्रा.डा अलाथियुर नारायणन नाम्बी, र इन्स्टिच्युट अफ इन्डिजिनस मेडिसिन, कोलम्बो विश्वविद्यालय, श्रीलंकाका डा एस.एम.एस समाराकुनले मुख्य वक्ताको रूपमा आफ्ना विचार प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  १ : ५८ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ