न्यायाधीशहरुले हेरे बन्दी प्रत्यक्षीकरणको मुद्दा, प्रधानन्यायाधीशले राजीनामा दिनपर्ने अडान यथावत « Khabarhub

न्यायाधीशहरुले हेरे बन्दी प्रत्यक्षीकरणको मुद्दा, प्रधानन्यायाधीशले राजीनामा दिनपर्ने अडान यथावत


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेका सर्वोच्च अदालतका न्यायाधीशहरू आज  काममा फर्किएका छन् ।

प्रधानन्यायाधीशसँग भएको वार्तापछि असन्तुष्ट न्यायाधीशहरूले सोमबार बन्दीप्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्दै आदेशसमेत जारी गरेका छन् ।

प्रधानन्यायाधीशसँगको वार्ता सकारात्मक बन्दै गएको भन्दै उनीहरू इजलास फर्किएका हुन् । बन्दीका रिटसमेत सुनुवाइ नगरेको भन्दै आलोचना खेपिरहेका न्यायाधीशहरू जबराले बन्दीका रिटमा मात्र इजलास तोकेपछि सुनुवाइमा सहभागी भएका हुन् ।

प्रधानन्यायाधीशले उचित समयमा मार्गप्रशस्त गर्ने बचन दिए मंगलबारदेखि सबै मुद्दाको सुनुवाइमा सहभागी हुने निर्णयसहित उनीहरू सोमबार बन्दीका मुद्दा हेर्न सहमत भएको एक न्यायाधीशले बताए ।

‘हामीले गठन गरेको तीन सदस्यीय वार्ता टोलीका न्यायाधीशहरु सपनामल्ल प्रधान,अनिलकुमार सिन्हा र मनोजकुमार शर्मासंग प्रधानन्यायाधीश राणाले आफू प्रशासनिक काममात्र हेर्ने, इजलाशमा नबस्ने, गोलाप्रथाबाट पेशी तोक्नेदेखि अरु सबै सुधारका काममा सहयोगी बन्ने र ६ महिनाभित्रै राजीनामा गर्ने बताउँनुभएको छ तर अझै धेरै स्पष्ट भइसकेको छैन,’ नाम नबताउने शर्तमा खबरहबसंग उनले भने,’ उहाँले छिटो नछाडेसम्म हामी बन्दीप्रत्यक्षीकरणको बाहेक अरु कुनैपनि मुद्दा नहेर्ने अडानमै छौँ। आजै पुन अर्को वार्तापछि उहाँले कहिले कसरी राजीनामा दिने भन्ने टुंगोमा पुग्छ, हामी अदालतमा राजनीतिक हस्तक्षेपभन्दा पनि प्रधानन्यायाधीश राणा स्वयंले छिटो मार्गप्रशस्त गरुन् भन्ने चाहन्छौं।अर्को छलफलपछि थप निर्णय हुन्छ।’

प्रधानन्यायाधीश जबराले मार्गप्रशस्त गर्न उचित समय र वातावरण माग गरेपछि न्यायाधीशहरू केही समय ‘पर्ख र हेर’को अवस्थामा पुगेको उनको भनाइ छ । तर जबराले अझै पनि स्पष्ट भाषामा राजीनामा दिन्छु भनेर भने नभनेको ती न्यायाधीशले बताएका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  २ : ५५ बजे

नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल माइक्रो

काठमाडौंका घर फोर्दै चोरी, ३९ वर्षको उमेरमा ३७ वटा मुद्दा खेप्दा पनि नसुध्रिएका सन्तोष

काठमाडौं- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले राजधानी सहरका घरघरमा पसेर

हुलाकबाट घरमै राहदानी वितरण चौध जिल्लामा सुरु, साढे दुई लाख सवारी ‘लाइसेन्स’ ढुवानी

काठमाडौं– सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवा विभागमार्फत

‘लात्तीले हान्दा पनि भत्किने टहरामा सरकारले पहाडै फोर्ने डोजर चलायो’

काठमाठौं- मोरङ माइतीघर भएकी कमला राना ‘रनपैली’ सानै उमेरमा भागी

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी– सुदूरपश्चिम विश्वविद्यालयको ३०० बिघा जग्गा अतिक्रमण भएको छ