‘न्यायालयमा आगो लागेका बेला चुप बस्ने नेताहरुले ठूलो मूल्य चुकाउनुपर्छ’ (भिडियो) « Khabarhub

‘न्यायालयमा आगो लागेका बेला चुप बस्ने नेताहरुले ठूलो मूल्य चुकाउनुपर्छ’ (भिडियो)


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनले सोमबार पनि सर्वोच्च परिसरमा प्रदर्शन गरेको छ । राजीनामा नआएसम्म आन्दोलन जारी राख्ने बताएको बारले राजीनामाका लागि प्रधानन्यायाधीश राणालाई पाँच दिनको अल्टिमेटम दिएको छ ।

सोमबार प्रदर्शनपछि बोल्दै वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले न्यायालयमा आगो लागेका बेला नेताहरु चुप बस्नु दुर्भागयपूर्ण भएको बताएका छन् । उनले न्यायालयमा संकट आएका बेला चुप लागेर बस्ने नेताहरुले ठूलो मूल्य चुकाउनुपर्ने बताए । उनले यो कुनै व्यक्ति र संस्थाविरुद्धको आन्दोलन नभएको भन्दै उनले न्यायालयको शुद्धीकरणका लागि आन्दोलन भएको जिकिर गरे ।

नेताहरुले अदालतमा हस्तक्षेप नगर्ने बताएको भन्दै उनले अदालतको फैसला र नियुक्तिमा हस्तक्षेप गर्न नहुने तर अहिलेको संकटको बेला नबोल्ने ठिक नभएको बताए । उनले अहिले चुप बस्ने नेताहरुको चुनाव क्षेत्रमा गएर कानुन व्यवसायीले यो नेता भोट दिन अयोग्य छ भन्ने चेतावनी दिए ।

यस्तै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले बारको आन्दोलन न्यायालय शुद्धीकरणका लागि भएको भन्दै सुखका लागि जनताले दुःख पाउनुपर्ने भएको बताए । उनले न्यायालयका शुद्धीकरणका लागि जनताले दुःख सहनुपर्ने टिप्पणी गरे । उनले सोमबार प्रधानन्यायाधीश बेच्नमा नबस्नुलाई सकरात्मक रुपमा लिए । बारले प्रधानन्यायाधीशलाई बेन्चमा नबस्न भनेको उल्लेख गर्दै अब बार राजीनामाबाट पछाडि नहट्ने बताए ।

वरिष्ठ अधिवक्ता तथा बारका पूर्वअध्यक्ष शम्भु थापाले कुनै पनि हालतमा प्रधानन्यायाधीशको राजीनामा आउनुपर्ने बताए । उनले सबैले घरमुलीबाट अब चल्दैन भनिसकेकाले राजीनामामात्र विकल्प भएको बताए ।

न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वको समितिले दिएको प्रतिवेदन कार्यान्वयनमा प्रधानन्यायाधीश राणाले ध्यान नदिएको भन्दै अब न्यायालय शुद्धीकरणका लागि राजीनामात्र विकल्प भएको बताए । उनले प्रधानन्यायाधीश राणाको सम्मानजनक बहिर्गमको विषयमा बारलाई केही जानकारी नभएको बताए । उनले सर्वोच्चले सम्मानजनक बिदाई गरोस भनेका थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ४ : ४३ बजे

कांग्रेस महामन्त्रीद्वयको अगुवाइमा यसरी हुँदैछ विशेष महाधिवेशन

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा

पृथ्वी जयन्ती : यस्ता छन् १० दिव्य उपदेश

काठमाडौं – राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी

ढोरपाटनका विद्यार्थीको पीडा : कठ्याङ्ग्रिँदै पढ्नुपर्ने बाध्यता

बागलुङ– अत्यधिक चिसो बढेपछि ढोरपाटनमा खोला र धारमा पानी जम्न

कांग्रेस विशेष महाधिवेशन : यी ६ स्थानबाट जुलुस निकालिँदै

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि काठमाडौंको सुरु हुँदैछ

थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै

दाङ– थारू समुदायले माघीको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन