‘न्यायालयमा आगो लागेका बेला चुप बस्ने नेताहरुले ठूलो मूल्य चुकाउनुपर्छ’ (भिडियो) « Khabarhub

‘न्यायालयमा आगो लागेका बेला चुप बस्ने नेताहरुले ठूलो मूल्य चुकाउनुपर्छ’ (भिडियो)


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनले सोमबार पनि सर्वोच्च परिसरमा प्रदर्शन गरेको छ । राजीनामा नआएसम्म आन्दोलन जारी राख्ने बताएको बारले राजीनामाका लागि प्रधानन्यायाधीश राणालाई पाँच दिनको अल्टिमेटम दिएको छ ।

सोमबार प्रदर्शनपछि बोल्दै वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले न्यायालयमा आगो लागेका बेला नेताहरु चुप बस्नु दुर्भागयपूर्ण भएको बताएका छन् । उनले न्यायालयमा संकट आएका बेला चुप लागेर बस्ने नेताहरुले ठूलो मूल्य चुकाउनुपर्ने बताए । उनले यो कुनै व्यक्ति र संस्थाविरुद्धको आन्दोलन नभएको भन्दै उनले न्यायालयको शुद्धीकरणका लागि आन्दोलन भएको जिकिर गरे ।

नेताहरुले अदालतमा हस्तक्षेप नगर्ने बताएको भन्दै उनले अदालतको फैसला र नियुक्तिमा हस्तक्षेप गर्न नहुने तर अहिलेको संकटको बेला नबोल्ने ठिक नभएको बताए । उनले अहिले चुप बस्ने नेताहरुको चुनाव क्षेत्रमा गएर कानुन व्यवसायीले यो नेता भोट दिन अयोग्य छ भन्ने चेतावनी दिए ।

यस्तै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले बारको आन्दोलन न्यायालय शुद्धीकरणका लागि भएको भन्दै सुखका लागि जनताले दुःख पाउनुपर्ने भएको बताए । उनले न्यायालयका शुद्धीकरणका लागि जनताले दुःख सहनुपर्ने टिप्पणी गरे । उनले सोमबार प्रधानन्यायाधीश बेच्नमा नबस्नुलाई सकरात्मक रुपमा लिए । बारले प्रधानन्यायाधीशलाई बेन्चमा नबस्न भनेको उल्लेख गर्दै अब बार राजीनामाबाट पछाडि नहट्ने बताए ।

वरिष्ठ अधिवक्ता तथा बारका पूर्वअध्यक्ष शम्भु थापाले कुनै पनि हालतमा प्रधानन्यायाधीशको राजीनामा आउनुपर्ने बताए । उनले सबैले घरमुलीबाट अब चल्दैन भनिसकेकाले राजीनामामात्र विकल्प भएको बताए ।

न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वको समितिले दिएको प्रतिवेदन कार्यान्वयनमा प्रधानन्यायाधीश राणाले ध्यान नदिएको भन्दै अब न्यायालय शुद्धीकरणका लागि राजीनामात्र विकल्प भएको बताए । उनले प्रधानन्यायाधीश राणाको सम्मानजनक बहिर्गमको विषयमा बारलाई केही जानकारी नभएको बताए । उनले सर्वोच्चले सम्मानजनक बिदाई गरोस भनेका थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ४ : ४३ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को