अभिनेत्री दिव्या भारतीको पिताको निधन « Khabarhub

अभिनेत्री दिव्या भारतीको पिताको निधन


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(नवभारत टाइम्स)– बलिउड अभिनेत्री दिव्या भारतीको वर्षौअघि एक दुर्घटनामा निधन भएको थियो । तर आज पनि मानिसहरु उनलाई उत्तिकै प्रेम गर्छन् । आफ्नो अभिनय र सुन्दरताका कारण दर्शकलाई उनले मोहित पारेकी थिइन् । उनका पति साजिद नाडियाडवाला अहिले पनि दिव्यालाई उत्तिकै प्रेम गर्छन् ।

उनै दिव्याका पिता ओमप्रकाश भारतीको निधन भएको छ । उनको अन्तिम संस्कारमा साजिद पनि उपस्थित थिए । दिव्याले आफ्नो निधनको केही दिनअघि मात्र साजिदसँग १८ वर्षको उमेरमा गुपचुप रुपमा विवाह गरेकी थिइन् ।

दिव्याको निधनपछि साजिदले ओमप्रकाशलाई आफ्नो अभिभावकको रुपमा हेरचाह गर्दैै आएका थिए । ओमप्रकाशको शनिबार निधन भएको थियो । ओमप्रकाशको निधनपछि दिव्याको आमाको हेरचाह पनि साजिदले नै गर्नेछन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ५ : ०७ बजे

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु