कर्णालीका तीन मन्त्रीको पदावधि सकियो « Khabarhub

कर्णालीका तीन मन्त्रीको पदावधि सकियो


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीको पदावधि सकिएको छ । भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको पदावधि सकिएको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत लिँदा फ्लोर क्रस गरेर मन्त्री भएका तीनै जनाको पदावधि सकिएको हो ।

विश्वासको मत दिएकै भोलिपल्ट मुख्यमन्त्री शाहीले ४ वैशाख तीन जनलाई मन्त्री नियुक्त गरेका थिए । मन्त्री भएपछि एमालेले सांसद पदबाट मुक्त भएका थिए ।

गैरसांसद मन्त्री हुन नपाउने व्यवस्थाअनुसार छ महिना पुगेका कारण सोमबार स्वतः पद मुक्त भएका हुन् ।

एमालेले पदमुक्त गरेपछि उनीहरू १५ वैशाखदेखि गैरसांसदका रूपमा रहेका थिए । पदमुक्त भएका तीन जना मन्त्रीहरू नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता हुन् ।

तीन जना मन्त्री पदमुक्त भएपछि एकीकृत समाजवादीले पदमुक्त भएका तीन मन्त्रालय आफूले पाउनुपर्ने अडान राखेको छ ।

मुख्यमन्त्रीलाई पद छाड्न कांग्रेसको दबाब

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पद छाड्न दबाब बढेको छ । नेपाली कांग्रेसले मुख्यमन्त्रीलाई पूर्वसहमतिअनुसार पद छाड्न दबाब दिएको हो । ३ वैशाखमा मुख्यमन्त्रीले विश्वासको मत लिँदा छ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमति भएको थियो ।

केन्द्रीय गठबन्धनको राजीनामा दिन निर्देशन आइनसकेका कारण राजीनामा दिने वा नदिने भन्ने यकिन नभएको मुख्यमन्त्री निकट स्रोतको भनाइ छ । कांग्रेसका नेताहरूले ५ बजे नै राजीनामा दिनुपर्छ भनेर दबाब दिएको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भीमप्रकाश शर्माले बताए ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ६ : २७ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२