फोर्ड नेपालको अफ टु नुवाकोट कार्यक्रम सम्पन्न « Khabarhub

फोर्ड नेपालको अफ टु नुवाकोट कार्यक्रम सम्पन्न


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फोर्ड नेपाल (जी.ओ. अटोमोबाइल्स प्रालि) ले नेपालमा आन्तरिक पर्यटन प्रर्वद्धन र अफ रोडिङ संस्कृति विकास गर्ने उद्देश्यले उसको ग्राहक संलग्नता कार्यक्रमको रूपमा चिनिने ‘अफ टु नुवाकोट’ चार गुणा चार कार्यक्रम सम्पन्न गरेको छ ।

अफ टु नुवाकोट चार गुणा चार कार्यक्रमको मुख्य उद्देश्य आन्तरिक पर्यटन प्रर्वद्धनको साथसाथै आरोहणको अवधारणा उकास्ने रहेको सोमबार जारी विज्ञप्तिमा जनाइएको छ ।

फोर्ड नेपालका अनुसार यो एक दिनको पारिवारिक कार्यक्रम हो । काठमाडौँ उपत्यकाबाट छोटो दूरीमा रहेको तर नेपालको प्राचीन र ऐतिहासिक स्थलहरूमध्ये एक नुवाकोट सम्मको यात्रा हो ।

र्‍याली टोखा–शिवपुरी मार्ग हुँदै सञ्चालन गरिएको थियो । यात्रामा वनक्षेत्र र वनस्पति र पुरातन सांस्कृतिक गाउँहरू सहितको सबैभन्दा रमणीय स्थानहरू थिए ।

यो कार्यक्रम विशेषगरी फोर्डको चार गुणा चार ट्रक जीवन शैलीको प्रदर्शनमा केन्द्रित ग्राहक संलग्नता कार्यक्रम रहेको जनाइएको छ ।

कार्यक्रममा ४० जना सहभागीहरूसँग फोर्डले जङ्गल भ्रमण, जिपलाइन र साइट सिइङ जस्ता गतिविधिहरु सहित नुवाकोटको ऐतिहासिक भूमिमा आफ्नो यात्रा तय गरेको थियो । नुवाकोटमा दिगो कफी खेती प्रर्वद्धन गर्ने नुवा एस्टेट फार्मको भ्रमण गरेर कार्यक्रमको समापन भएको थियो ।

फोर्ड नेपालले आफ्नो साहसिक कार्यक्रमको एक हिस्साको रूपमा हरेक वर्ष विभिन्न अभियानहरू सञ्चालन गर्ने गरेको छ ।

पछिल्लो दिनमा ड्राइभ टु मनाङ, ड्राइभ टु लोमाङथाङ र मुस्ताङ एडभेन्चरजस्ता सफल कार्यक्रमहरू भएका छन् ।

 

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  १० : २० बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको