कतै तपाईँको भान्सा यस्तो त छैन ? छ भने तत्काल सुधार्नुहोस् | Khabarhub Khabarhub

कतै तपाईँको भान्सा यस्तो त छैन ? छ भने तत्काल सुधार्नुहोस्


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

वास्तु शास्त्रमा कुन वस्तु कुन दिशामा हुनु पर्ने हो, त्यसको बारेमा जानकारी दिइएको हुन्छ । वास्तु अनुसार हरेक घरमा भान्सा बनाउनु अघि यसको दिशा चयन गम्भीरतापूर्वक गर्नु पर्दछ । भान्सा घरको महत्त्वपूर्ण भाग भएकाले यसको चयनमा विशेष ध्यान दिन वास्तुले सुझाउँछ । अन्यथा घरमा नकारात्मक दोष पर्न सक्ने वास्तुको मान्यता छ ।

क) भान्साको निर्माण घरको दक्षिण–पूर्व दिशा अर्थात् आग्नेय कोणमा गर्नु पर्दछ । यस दिशाका स्वामी शुक्र ग्रह हो ।

ख) वास्तुको नियम अनुसार दक्षिण–पश्चिम दिशामा भान्सा बनाउनु हुँदैन । यसले अनावश्यक खर्च बढाउने वास्तुको मान्यता छ ।

ग) भान्सामा चुल्हो राख्ने राख्ने स्थान घरको पूर्व वा उत्तर दिशातर्फ हुनु पर्दछ । जसका कारण खाना पकाउने व्यक्तिको मुख उत्तर वा पूर्व दिशा तर्फ फर्किएको होस् ।

घ) यदि घरमा माइक्रोवेभ आदिको प्रयोग गर्नुहुन्छ भने यसलाई भान्साको दक्षिण पूर्व कुनामा राख्नुपर्ने वास्तुको मान्यता छ ।

ङ) भान्सामा पानी राख्ने भाडा वा फ्रिज उत्तर–पश्चिम दिशामा हुदाँ लाभकारी मानिन्छ ।

च) भान्सामा पिठो, चामल, खाद्य पदार्थ पश्चिम वा दक्षिण दिशामा राख्नु उचित मानिन्छ ।

छ) भान्साको झ्याल पूर्व वा उत्तर दिशामा बनाउनु पर्दछ । उज्यालोका लागि चिम पनि यहि दिशामा भएको हुनुपर्ने वास्तुको मान्यता छ ।

ज) भान्सामा भाडा माझ्ने स्थान उत्तर पूर्व दिशामा राख्नु उचित मानिन्छ ।

झ) भान्सामा कहिल्यै देवी–देवताको स्थान वा पूजा थलो बनाउनु हुँदैन ।

ञ) भान्सामा कहिल्यै औषधी राख्न नहुने वास्तु शास्त्रको मान्यता छ ।

ट) भान्साको ढोका र बाथरुमको ढोका आमनेसामने हुनु हुँदैन ।

यसका साथै वास्तु शास्त्र अनुसार जुठो भाडा लामो समयसम्म भान्सामा राख्नु पनि उचित मानिँदैन । समयमै भाडा माझेर उचित स्थानमा राख्नु पर्ने वास्तुको मान्यता छ । साथै रातीको खानापछि रातभर जुठो भाडा छाड्न नहुने वास्तुको मान्यता छ । यसले घरमा आर्थिक संकट आउने वास्तुको मान्यता छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ८ : १२ बजे

महोत्तरीमा थारू संग्रहालय भवन निर्माण गरिँदै

महोत्तरी- आदिवासी थारू समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण तथा

कसरी भयो सुनको भाउमा १२ वर्षयताकै सबैभन्दा ठूलो गिरावट ?

काठमाडाैं – सुनको मूल्यमा तीव्र गिरावट आएको छ। महँगो धातुको

नेवार समुदायले यसरी मनाए म्हपूजा (तस्बिरहरू)

काठमाडाैं । नेवार समुदायको परम्परागत र मौलिक चाड रुपमा मनाइने

५० ओभर नै स्पिनर प्रयोग गर्ने पहिलो टोली बन्यो वेस्ट इन्डिज

काठमाडौं – वेस्ट इन्डिजले बंगलादेशविरुद्धको एकदिवसीय श्रृङ्खलामा नयाँ इतिहास रचेको

माल्दिभ्समा चम्किएकी कामना बिष्ट

काठमाडौँ- नेपालकी राष्ट्रिय भलिबल खेलाडी कामना बिष्ट माल्दिभ्समा जारी नाइबोली