कतै तपाईँको भान्सा यस्तो त छैन ? छ भने तत्काल सुधार्नुहोस् « Khabarhub

कतै तपाईँको भान्सा यस्तो त छैन ? छ भने तत्काल सुधार्नुहोस्


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

वास्तु शास्त्रमा कुन वस्तु कुन दिशामा हुनु पर्ने हो, त्यसको बारेमा जानकारी दिइएको हुन्छ । वास्तु अनुसार हरेक घरमा भान्सा बनाउनु अघि यसको दिशा चयन गम्भीरतापूर्वक गर्नु पर्दछ । भान्सा घरको महत्त्वपूर्ण भाग भएकाले यसको चयनमा विशेष ध्यान दिन वास्तुले सुझाउँछ । अन्यथा घरमा नकारात्मक दोष पर्न सक्ने वास्तुको मान्यता छ ।

क) भान्साको निर्माण घरको दक्षिण–पूर्व दिशा अर्थात् आग्नेय कोणमा गर्नु पर्दछ । यस दिशाका स्वामी शुक्र ग्रह हो ।

ख) वास्तुको नियम अनुसार दक्षिण–पश्चिम दिशामा भान्सा बनाउनु हुँदैन । यसले अनावश्यक खर्च बढाउने वास्तुको मान्यता छ ।

ग) भान्सामा चुल्हो राख्ने राख्ने स्थान घरको पूर्व वा उत्तर दिशातर्फ हुनु पर्दछ । जसका कारण खाना पकाउने व्यक्तिको मुख उत्तर वा पूर्व दिशा तर्फ फर्किएको होस् ।

घ) यदि घरमा माइक्रोवेभ आदिको प्रयोग गर्नुहुन्छ भने यसलाई भान्साको दक्षिण पूर्व कुनामा राख्नुपर्ने वास्तुको मान्यता छ ।

ङ) भान्सामा पानी राख्ने भाडा वा फ्रिज उत्तर–पश्चिम दिशामा हुदाँ लाभकारी मानिन्छ ।

च) भान्सामा पिठो, चामल, खाद्य पदार्थ पश्चिम वा दक्षिण दिशामा राख्नु उचित मानिन्छ ।

छ) भान्साको झ्याल पूर्व वा उत्तर दिशामा बनाउनु पर्दछ । उज्यालोका लागि चिम पनि यहि दिशामा भएको हुनुपर्ने वास्तुको मान्यता छ ।

ज) भान्सामा भाडा माझ्ने स्थान उत्तर पूर्व दिशामा राख्नु उचित मानिन्छ ।

झ) भान्सामा कहिल्यै देवी–देवताको स्थान वा पूजा थलो बनाउनु हुँदैन ।

ञ) भान्सामा कहिल्यै औषधी राख्न नहुने वास्तु शास्त्रको मान्यता छ ।

ट) भान्साको ढोका र बाथरुमको ढोका आमनेसामने हुनु हुँदैन ।

यसका साथै वास्तु शास्त्र अनुसार जुठो भाडा लामो समयसम्म भान्सामा राख्नु पनि उचित मानिँदैन । समयमै भाडा माझेर उचित स्थानमा राख्नु पर्ने वास्तुको मान्यता छ । साथै रातीको खानापछि रातभर जुठो भाडा छाड्न नहुने वास्तुको मान्यता छ । यसले घरमा आर्थिक संकट आउने वास्तुको मान्यता छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ८ : १२ बजे

सिरहाको अवस्था सामान्य बन्दै, गोलबजार-लहान क्षेत्रमा कर्फ्यु अझै जारी (तस्बिरहरू)

काठमाडौं– सिरहाको गोलबजार क्षेत्रको अवस्था शुक्रवार बिहानदेखि अवस्था सामान्य बन्दै

मधेशका ११ केन्द्रमा सञ्चालित एमबीएस अन्तर्गत आजको परीक्षा स्थगित

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले मधेशमा केन्द्र रहेका व्यवस्थापन संकायअन्तर्गत सञ्चालन भइरहेको

निर्मल पुर्जाले लेखेका थिए, ‘ब्रोड पिक, सुरक्षित रूपमा माथि पुगेर फर्किन पाऊँ भन्नेबाहेक केही माग्दिनँ’

इस्लामाबाद (एएफपी)- पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको ब्रोड पिक हिमालमा हिमपहिरो

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

भद्रपुर–  मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा

चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु

काठमाडौं– गत वैशाख १ देखि यही साउन १४ गतेसम्म देशका