गोलाप्रथाद्वारा गठन भए ११ इजलास, नेपाल बार विरोधमै « Khabarhub

गोलाप्रथाद्वारा गठन भए ११ इजलास, नेपाल बार विरोधमै


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्वोच्च अदालतको इतिहासमा पहिलोपटक गोलाप्रथाद्वारा ११ वटा इजलास गठन भएका छन् । पेसी व्यवस्थापन समितिका तर्फबाट बुधबार पहिलो पटक ११ इजलास गठन भएका छन् ।

११ इजलासमा २१७ मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतको संशोधित नियमावलीले व्यवस्था गरेअनुसार बुधबार पहिलो पटक गोला तानेर इजलास गठन गरिएको हो ।

गोला प्रणाली लागु भए पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ ।

नेपाल बारका महासचिव लिलामणि पौडेलका अनुसार साढे १२ सम्म अदालत परिसरमा शान्तिपूर्ण धर्ना दिने कार्यक्रम छ । बारले जबराको राजीनामा नआएसम्म आन्दोलन नरोक्ने बताउदै आएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  १० : ५४ बजे

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ

एसियाली खेलकुद : आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा

काठमाडौँ– जापानमा जारी एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,