नेताहरूको अनपेक्षित दबाबपछि निर्वाचन अधिकृतले दिए राजीनामा « Khabarhub

नेताहरूको अनपेक्षित दबाबपछि निर्वाचन अधिकृतले दिए राजीनामा


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेसको १४औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेपाली कांग्रेस चितवनको सभापतिका लागि बुधबार मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम थियो । तर, नेताहरूको अनपेक्षित दबाबपछि चितवनका लागि केन्द्रबाटै खटिएर आएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिएका छन् ।

मनोनयनपत्र दर्ता गर्ने दिनभन्दा अघिल्लो दिन पोखरेलले राजीनामा दिएका हुन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिबाटै खटिएर आएका पोखरेलको राजीनामा पछि चितवन कांग्रेसको अधिवेशन अनिश्चित बनेको छ । निर्वाचन समितिलाई बुझाएको राजीनामा पत्रमा भने पोखरेलले आफ्नो स्वास्थ्य अवस्था बिग्रिएको भनि उल्लेख गरेका छन् ।

नेताहरूले चुनावको मिति सार्ने विषयमा विभिन्न दबाब दिएपछि पोखरेलले राजीनामा दिएका हुन् । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले भने मंगलबार साँझ एक विज्ञप्ति जारी गरी सभापतिका आकांक्षीहरूबीच साझा धारणा बनाएर निर्वाचनको मिति तोक्न सिफारिस गरिएकोमा निर्वाचन अधिकृतको अचानक राजीनामा आएको बताए ।

निर्वाचन अधिकृत पोखरेलले भने विभिन्न किसिमका अनपेक्षित दबाब सिर्जना भएपछि राजीनामा दिएको प्रतिक्रिया दिएका छन् । ‘त्यहाँ विभिन्न खाले अनपेक्षित दबाबहरू व्यहोर्नु परेको थियो । काम गर्ने मान्छेले स्वतन्त्रतापूर्वक काम गर्न पाउनुपर्छ । निर्वाचन भन्ने कुरा झन् आफैँ स्वतन्त्र हुनुपर्छ । अनेक खाले, अनेक कोणबाट प्रभावहरू आए । मान्छेलाई बिरामी नै बनाउने भएपछि राजीनामा दिएको हो’, उनले भने ।

कस्तो किसिमको दबाब आएको भनेर उनले खुलाउन भने चाहेनन् । पोखरेलले आफ्नो राजीनामा केन्द्रीय निर्वाचन समितिलाई बुझाएका हुन् । राजीनामा दिएर पोखरेल वीरगञ्ज पुगेका छन् । उनले चार दिनअघि नै जिल्ला छाडेका हुन् ।

चितवन कांग्रेसका सभापति श्रेष्ठका अनुसार एमालेका कारण निर्वाचन पछाडि धकेलिएपछि पोखरेलले १५ मंसिरमा मनोनयन पत्र दर्ता गरी १९ मंसिरमा मतदान गर्ने भनि जानकारी गराएका थिए ।

मंगलबार बिहान पार्टीको जिल्ला कार्यसमिति र सभापति पदका आकांक्षीहरूको संयुक्त बैठक बसेर १५ मंसिरमा मनोनयन पत्र दर्ता गराई २१ मंसिरमा मतदान गर्ने निर्णय गरि निर्वाचन अधिकृतसमक्ष सिफारिस गरिएको थियो ।

त्यसलगत्तै निर्वाचन अधिकृत पोखरेलले राजीनामा दिएका हुन् । ‘यस घटनाले हामी अचम्मित एवं गम्भीर आश्चर्यमा परेका छौँ । उक्त राजीनामाले अधिवेशनलाई गम्भीर अन्योलमा एवं अधिवेशन नै हुन नदिने परिस्थिति सिर्जना गरेको छ’, श्रेष्ठले भनेका छन् ।

अवरुद्ध भएको जिल्ला सभापतिको अधिवेशनको प्रक्रिया छिटोभन्दा छिटो थालनी गर्न उनले केन्द्रीय निर्वाचन समितिलाई आग्रह गरेका छन् ।

जिल्ला सभापतिको लागि चितवन कांग्रेसको वर्तमान कार्य समितिका उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, बाग्मती प्रदेश सांसद मिलनबाबु श्रेष्ठ जिल्ला सभापतिको लागि दौडमा छन् । त्यसैगरी, राजेश्वर खनाल, प्राडा सूर्यकान्त घिमिरे र विजय भुसाल पनि सभापति पदका आकांक्षी हुन् ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ११ : २९ बजे

भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग लिए ब्रिफिङ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

जिल्ला प्रशासन गुल्मीले भन्यो- बाढीपीडितका नाममा अनधिकृत ढङ्गले चन्दा सङ्कलन नगर्नू

गुल्मी– जिल्ला प्रशासन कार्यालय गुल्मीले सर्वसाधारणसँग अनधिकृत चन्दा सङ्कलन नगर्न

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

रसुवा– रसुवागढी जलविद्युत् केन्द्रका इन्जिनियर टीका पौडेलले भोटेकोशीमा गएको बाढीपछि

सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध

सिन्धुपाल्चोक– नेपाली सेनाको यहाँस्थित इन्द्रध्वज गणले पाँच पोखरीमा लागेको धार्मिक

अत्यावश्यक काम नपरी हेलिकप्टर माग नगर्न प्राधिकरणको अनुरोध

काठमाडौं– अत्यावश्यक काम नपरी हेलिकप्टरमार्फत उद्धारको माग नगर्न सम्बन्धित निकायसँग