आईपीएलमा ‘रिटेन’ हुने आठ टोलीका २७ खेलाडी « Khabarhub

आईपीएलमा ‘रिटेन’ हुने आठ टोलीका २७ खेलाडी


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ का लागि आठ फ्रेन्चाइज टोलीले खेलाडी ‘रिटेन’ गरेका छन् । यस वर्षबाट १० टोलीले आईपीएल खेल्दै गर्दा पुराना आठ टोलीले कुल २७ खेलाडी ‘रिटेन’ गरेका हुन् ।

१५औँ संस्करणको आईपीएलका लागि आयोजक भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले ‘मेगा अक्सन’ गर्दैछ । त्यसअघि आयोजकले फ्रेन्चाइज टोलीलाई बढीमा चार खेलाडी रिटेन गर्न अनुमति दिएको छ ।

जसअनुसार चार टिमले ४–४ खेलाडी रिटेन गर्दा तीन टिमले समान ३–३ र एक टिमले २ खेलाडी रिटेन गरेका छन् । यसपटक एक टिमले खेलाडीका लागि कुल ९० करोड भारतीय रुपैयाँ खर्च गर्न पाउँनेछ ।

नयाँ सिजनको आईपीएलमा १० टिमबीच प्रतिस्पर्धा हुनेछ । लखनउ र अहेमदावादले समेत बाँकी खेलाडीबाट ३–३ खेलाडी टोलीमा राख्न पाउने छन् । त्यसपछि मात्रै सबै १० टोलीबीच ‘मेगा अक्सन’ हुनेछ ।

कुन टिमले कुन–कुन खेलाडी रिटेन गरे ?

चेन्नाई सुपर किंग्स– रवीन्द्र जडेजा, महेन्द्र सिंह धोनी, मोइन अली, ऋतुराज गैकवाड
दिल्ली क्यापिटल्स – ऋषभ पन्त, अक्षर पटेल, पृथ्वी शाव, एनरिक नोर्टजी
कोलकता नाइट राइडर्स– आन्द्रे रसेल, वरुण चक्रवर्ती, बैन्काटेस अयर, सुनिल नारिन
मुम्बई इन्डियन्स– रोहित शर्मा, जसप्रित बुमराह, सूर्यकुमार यादव, कायरन पोलार्ड
पञ्जाब किंग्स ११– मायंक अग्रवाल, अर्शदी सिंह
राजस्थान रोयल्स– सन्जु सामसन, जोस बटलर, यशस्वी जैसवाल
रोयल च्यालेन्जर्स बैंग्लोर– विराट कोहली, ग्लेन म्याक्सवेल, मोहम्मद सिराज
सनराइजर्स हैदरावाद– केन विलियम्सन, अब्दुल समाद, उर्मान मलिक

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  १ : १५ बजे

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका