कोभिडविरुद्ध दैनिक खोप सेवा सञ्चालनको तयारी « Khabarhub

कोभिडविरुद्ध दैनिक खोप सेवा सञ्चालनको तयारी


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङमा कोभिड–१९ विरुद्ध दैनिक खोप सेवा सञ्चालनको तयारी गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बुधबार बसेको बैठकले दिक्तेलको अस्थायी कोभिड अस्पतालमा कोभिडविरुद्ध दैनिक खोप सञ्चालनको निर्णय गरेको हो ।

कतिपय पालिकामा पठाइएका कोभिडविरुद्धका खोप फिर्ता आउन थालेपछि अस्थायी कोभिड अस्पतालबाट दैनिक खोप सेवाको व्यवस्थाका लागि तयारी गरिएको प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहालले बताए ।

हालसम्म कोभिड विरुद्धका खोप लगाउन छुट भएका तथा इच्छुक नागरिकलाई लक्षित गर्दै दैनिक खोप सेवा सञ्चालनमा ल्याउन लागिएको हो ।
बैठकमा अस्थायी कोभिड अस्पतालबाट दैनिक कोभिड विरुद्धका खोप सेवा सञ्चालनका लागि स्वास्थ्य कार्यालयले खोप तथा खोप सामग्री उपलब्ध गराउने, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दैनिक एक जना खोप लगाइदिने स्वास्थ्यकर्मी खटाउने र जिल्ला अस्पतालले खोप सेवा सञ्चालन गर्ने हल उपलब्ध गराउने निर्णय भएको छ । अन्य स्थानीय तहबाट फिर्ता पठाइएका कोभिड खोपलाई सदुपयोग गर्दै दैनिक खोप सेवा सञ्चालनको तयारी थालिएको छ।

यसअघि स्ट्राजेनिका खोपको पहिलो मात्राको खोप लगाएका नागरिकका लागि आगामी २२ र २३ मंसिर मा दोस्रो खोप अभियान सञ्चालन गरेपछि दिक्तेलबाट दैनिक खोप सेवा सञ्चालनको व्यवस्था गरिने स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए । गत १५ र १६ भदौ तथा ४ र ५ असोजमा स्ट्राजेनिका खोपको प्रथम मात्राको अभियान सञ्चालन गरिएको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ७ : ०१ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको