जनताको पक्षमा काम गर्न प्रतिबद्ध भएर लागिरहेका छौैँ : मन्त्री श्रेष्ठ | Khabarhub Khabarhub

जनताको पक्षमा काम गर्न प्रतिबद्ध भएर लागिरहेका छौैँ : मन्त्री श्रेष्ठ


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले जनताको पक्षमा प्रतिबद्ध भएर काम गर्न आफुहरु लागि परेको बताएकी छन् ।

नेकपा माओवादी केन्द्र्रको सिन्धपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका सम्मेलनको बुधबार उद्घाटन गर्दै मन्त्री श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्र र नागरिकलाई अधिकार सम्पन्न बनाउने गरी माओवादीकै प्रयासबाट संविधान बनेकाले त्यसको कार्यान्वयनमा पनि माओवादी नै लागि पर्ने बताइन् ।

मन्त्री श्रेष्ठले महिला, दलित सुकुम्वासी, मुक्त हलीया, कमैया र कमलारीको समस्या समाधान गरेर तल्लो तहमा रहेका नागरिकलाई अधिकार सम्पन्न बनाउनु नै आफ्नो पार्टीको उद्देश्य रहेकाले आफूले मन्त्रालय संहालेपछि उनीहरुका पक्षमा काम शुरु गरिसकेको पनि उल्लेख गरिन् ।

मन्त्री श्रेष्ठले जनता अधिकार सम्पन्न भएको मन नपराउनेहरुले संविधान र संघीयतमाथि हमला गरेर संविधानलाई नै मृत्यु शैय्यामा पु¥याउने गरी प्रतिनिधिसभा विघटन गरेको भन्दै माओवादी केन्द्रको नेतृत्वमा पाँच दल र नागरिकको साथबाट संविधान जोगाउन सकिएको भए पनि चुनौती अझै रहेकाले त्यस तर्फ सबै सचेत बन्नुपर्ने बताइन् ।

संविधान मास्ने प्रतिगामी तत्वहरु अझै जिवितै रहेकोले संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन को अझै आवश्यकता रहेको पनि मन्त्री श्रेष्ठले टिप्पणी गरिन् ।
मन्त्री श्रेष्ठले यस महिना भित्र सप्तरी र नवलपरासीमा तथा पुस महिना भित्रमा गाउँब्लकको अधिंकाश ठाउँमा लालपुर्जा वितरणको काम सम्पन्न गरिसक्ने गरी आफुले काम शुरु गरिसकेको बताइन् ।

मन्त्री श्रेष्ठले संविधानमा व्यवस्था भएको पैतृक सम्पतिमा महिलाको हक शुनिश्चित गर्न अंशबण्डा गर्दा महिलालाई अनिवार्य उपस्थित गराउनुपर्ने व्यवस्था कार्यान्वयन गर्न देशभरका मालपोत कार्यालयहरुमा व्यवस्था गरिसकिएको पनि जानकारी दिइन् ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  १० : १५ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका