कांग्रेस वगमती प्रदेश सभापतिमा पौडेल पक्षबाट केसी उम्मेदवार « Khabarhub

कांग्रेस वगमती प्रदेश सभापतिमा पौडेल पक्षबाट केसी उम्मेदवार


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको वागमती प्रदेश सभापतिमा संस्थापन इतर समूहबाट नुवाकोटका पूर्व सभापति जगदिश्वर नरसिंह केसी उम्मेदवार बन्ने भएका छन् । बुधबार साँझ संस्थापन इतर समूहले उनको उम्मेदवारी टुंगो लगाएको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापाबीच केसीलाई उम्मेदवार बनाउने सहमति जुटेको हो । जगदिश कांग्रेस नेता अर्जुन नरसिंह केसीका भाइ हुन् ।

प्रदेश अधिवेशन विहीबार उद्घाटन हुँदैछ । शुक्रबार उम्मेदवारले मनोनयन दर्ता गर्नेछन् ।

वागमती प्रदेशमा सभापति शेरबहादुर देउवा समूहबाट इन्द्र बानियाँ उम्मेदवार बन्दै छन् । मकवानपुरका पूर्व सभापति बानियाँ अहिले कांग्रेस वागमती प्रदेश संसदीय दलका नेतासमेत हुन् ।

उता कृष्ण प्रसाद सिटौला समूहबाट भने पूर्वमन्त्री भिमसेनदास प्रधान सभापतिको उम्मेदवार बन्ने भएका छन् ।

देश संघीयतामा गएपछि कांग्रेसले पहिलो पटक प्रदेश संरचनामा संगठन निर्माणका लागि अधिवेशन गर्दैछ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  १० : ०७ बजे

ठगी मुद्दामा फरार युनिटी लाइफ इन्टरनेसनलका सञ्चालक पक्राउ

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी मुद्दामा फरार युनिटी लाइफ

प्रधानमन्त्री कप क्रिकेट : बागमती प्रदेश विजयी

पर्सा – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको

एमाले नेता मल्लबाट बलात्कृत खत्री भन्छिन्- योभन्दा बढी बर्बाद हुन बाँकी के छ र ?

काठमाडौं- सरकारले केही समयअघि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी

मत्स्यपालक किसानका समस्या समाधान गर्न छलफल

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले मत्स्य पालक किसानका