त्रिभुवन विमानस्थलमा सटल बस सेवा सुरु « Khabarhub

त्रिभुवन विमानस्थलमा सटल बस सेवा सुरु


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सटल बस सेवा सञ्चालनको बुधबार शुभारम्भ गरेका छन् ।

विमानस्थलभित्र सञ्चालन हुने ट्याक्सीले मनोमानीरूपमा ग्राहकसँग लिँदै आएको पैसा रोक्न मन्त्री आलेले विमानस्थलको आन्तरिक टर्मिनलभित्रै यात्रुवाहक बस सवा सुरु गरेका हुन् । विमानस्थलमा यात्रु बोक्ने ट्याक्सीबाट ग्राहक ठगिएको गुनासो बढेपछि गोल्डेनगेट तथा उक्त गेटबाट आन्तरिक टर्मिनलभित्र यात्रु बोक्नका लागि उक्त बस सेवा सञ्चालन गरिएको हो ।

सेवा शुभारम्भ गर्दै मन्त्री आलेले स्वयं यात्रुवाहक माइक्रोबसमा बसेर यात्रा गरेका थिए । उनले यात्रुसँगै माइक्रोबसमा बसेर विमानस्थलको गोल्डेनगेटसम्मको यात्रा गरे।

उक्त बस सेवा विमानस्थलको आन्तरिक हवाइसेवाका यात्रुलाई विमानस्थलबाट निःशुल्क बस सेवा सुरु गरिएको हो । निःशुल्क बस सेवासँगै वैदेशिक रोजगारमा जाने तथा विदेशबाट आउने श्रमिकका लागि विमानस्थलमा विश्रामस्थलको पनि व्यवस्था गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त निःशुल्क बस सेवा सञ्चालन गरेको हो । निःशुल्क बस सेवा सञ्चालन भएपछि यात्रुलाई सहज भएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  १० : ३२ बजे

ठगी मुद्दामा फरार युनिटी लाइफ इन्टरनेसनलका सञ्चालक पक्राउ

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी मुद्दामा फरार युनिटी लाइफ

प्रधानमन्त्री कप क्रिकेट : बागमती प्रदेश विजयी

पर्सा – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको

एमाले नेता मल्लबाट बलात्कृत खत्री भन्छिन्- योभन्दा बढी बर्बाद हुन बाँकी के छ र ?

काठमाडौं- सरकारले केही समयअघि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी

मत्स्यपालक किसानका समस्या समाधान गर्न छलफल

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले मत्स्य पालक किसानका