बिहे गरेपछि प्रत्येक रात ससुराली जानै पर्ने « Khabarhub

बिहे गरेपछि प्रत्येक रात ससुराली जानै पर्ने


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  चीनमा एउटा अचम्मको परम्परा रहेको तथ्य सार्वजनिक भएको छ ।

युनान प्रान्तका मुसो आदिवासीमा प्रचलित यो परम्परामा बिहे गरिसकेपछि पति-पत्नी एकै घरमा बस्दैनन् । अर्थात्, महिलाहरू आफ्नो पतिको घर जाँदैनन्, माइतीमै बस्छन् । पति पनि आफ्नै घरमा ।

बरु, बिहेपछि पतिहरू आफ्नै पत्नीसँग बस्न वा रात बिताउन हरेक रात ससुराली जान्छन् । आफ्नी श्रीमतीसँग भेट्न हरेक बेलुका ससुराल जाने र विहानै आफ्नो घर फर्किने यो परम्परा अनौठो रहेको छ ।

अझ विशेष त, ती पति–पत्नीको सम्बन्धमा कुनै आर्थिक लेनदेन पनि हुँदैन । दुईमध्ये यदि कसैलाई चित्त बुझेन भने पनि सम्बन्ध तोड्ने छुट उनीहरूलाई हुन्छ ।

त्यसैगरी, उनीहरूबाट जन्मिएका बालबच्चा हुर्काउन वा लालनपालन गर्ने जिम्मेवारी बाबुको काँधमा हुँदैन । त्यो काम पनि महिलाले नै गर्छन् ।

यो आदिवासी समुदायमा कुनै महिलाले बच्चा जन्माएपछि हुर्काउने, पढाउने जिम्मेवारी महिलाकै माइती पक्षले गर्ने परम्परा छ ।-एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ५ : ४६ बजे

निर्वाचनका लागि पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिने

दाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य  निर्वाचनलाई स्वतन्त्र,

बक्स अफिसमा हिटको बाटोतर्फ सनी अभिनित बोर्डर २

मुम्बई- सनी देओल, वरुण धवन, अहान शेट्टी र दिलजीत दोसांझको

रसुवाको उत्तरी भेगमा हिमपात

रसुवा– जिल्लाको उत्तरी भेगमा यस वर्षको पहिलो हिमपात सुरु भएको

दीपेन्द्रको वरीयतामा सुधार, आठौंबाट छैटौंमा पुगे

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको वरीयतामा सुधार

ट्रम्पको दाबी : आठ महिनायता कोही पनि अवैध रूपमा अमेरिका पसेका छैनन्

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब देशमा अवैध रूपमा प्रवेश